संखुवासभा अस्पतलमा सामाजिक सेवा इकाइमार्फत् २ हजार बढीले निशुल्क सेवा लिए

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निशुल्क उपचार गराएका छन् । सामाजिक सेवा इकाई मार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिने प्रावधान छ । स्वास्थ्य बिमा पनि गर्न नसक्ने विपन्न परिवारका बिरामीलाई सामाजिक सेवा इकाईले ठूलो राहत मिलेको छ । सामाजिक सेवा इकाई मार्फत एक बर्षको अवधीमा २ हजार ७ सय ३७ जनाले सेवा लिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।

सूचना अधिकारी खत्रीका अनुसार जिल्ला अस्पतालमा सामाजिक सेवा इकाईमार्फत सेवा लिनेमा ज्येष्ठ नागरिक १६ सय ५७ जना, आर्थिक रूपमा अतिविपन्न ७ सय १५ जना र लैङ्गिक हिंसा पीडित ६३ जनाले उपचार सेवा लिएका हुन् । त्यस्तै गरी साउन महिना यता ६ सय ७५ जनाले सामाजिक सेवा इकाईमार्फत सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।

सामाजिक सेवा इकाईमार्फत प्रदान गरिएको उपचार सेवामा संखुवासभा अस्पतालको ३७ लाख १० हजार ३ सय ४२ रुपैयाँ खर्च भएको अस्पताल संखुवासभाले जनाएको छ । जसमध्ये संघीय र प्रदेश सरकारबाट ३० लाख र अस्पताल विकास समितीबाट ७ लाख १० हजार ३ सय ४२ रुपैयाँ खर्च भएको छ ।

विभिन्न लक्षित समूहका बिरामीले स्वास्थ्य उपचारको लाभ लिएका छन् । अस्पतालले सम्बन्धित लक्षित समूहको प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गर्ने गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा,बालरोग,सामान्य शल्यक्रिया,फिजियोथेरापि लगायतका सेवा संचालनमा छ । त्यस्तै गरी जिल्ला अस्पतालमा एक बर्षको अवधीमा ५३ हजार ८४ जनाले सेवा लिएका छन् ।

जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमबाट गत आर्थिक बर्षमा १८ हजार ७ सय २५ जनाले सेवा लिएका छन् । ५० बेड क्षमताको संखुवासभा अस्पताल समयमा भवन निर्माण सम्पन्न नहुदाँ २०३३ सालमा स्थापना भएको ३७ बेड क्षमताको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम