मान्छे निर्यात वस्तुको आयात

मान्छे निर्यात र सामान आयातमा देश अब्बल छ, यसैबाट बढी राजस्व आउँछ । विदेशबाट सामान आयात गरेरै चालू वर्षको तीन महिनामा १ खर्ब ९ अर्ब राजस्व उठेको छ । यतिबेला धेरै चाडवाड पनि हो र ४ खर्ब ७ अर्ब ७५ करोडको सामान आयात गरेको छ देशले । यति धेरै मात्रामा आयात गर्दा निकासी भने जम्मा ४० अर्ब ८७ करोडको छ अनेकौं निकासी वस्तुको पहिचान भनिरहँदा जम्मा ११ वस्तु कार्पेट, स्टिल, आइरन, अलैंची, जुस, चिया गरी केही वस्तुको मात्र निर्यात भएको छ । भन्सार विभागको भनाइमा यस अवधिमा आयात निर्यातको खाडल फराकिलो हुँदा व्यापार घाटा ३ खर्ब ६६ अर्बको छ । आयातको अत्यधिक उचाइ साबिकभैmं डिजेलले लिएको छ भने एल पी ग्याँसको आयात गर्दा तीन महिनामा ११ अर्ब १० करोड रकम बाहिरिएको छ ।

निर्यातमा उर्वर भयो देश मान्छेको, जनशक्तिको र त यस अवधिमै खासगरी वर्षभरिको ठुलो चाड असोजमा बिदेसिएका नेपाली भित्रिनुपर्नेमा बाहिरिनेको संख्या अधिक रह्यो । असोजमा मात्रै नेपाली ५६ हजार २ सय बाहिर गए भने साउनमा बाहिरिनेको संख्या ५५ हजार ५ सय ७५, भदौमा बिदेसिनेको संख्या ५० हजार ८ सय ८४ रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । अध्ययनार्थी भन्दै हरेक महिना १० हजारको संख्यामा बिदेसिएको अवस्था पनि छ ।

जनता गरिब, नेता धनी भइरहने लोकतन्त्र छ हाम्रो देशमा । गणतन्त्र पनि त्यस्तै छ र विदेशीले लादेको संघीयताले देश जर्जर भएको छ । संघीयता र गणतन्त्र पाल्न देशभित्र विदेशीको ओइरो लाग्न छोडेको छैन । युक्रेन, इजरायललगायत संसार अशान्त छ, शान्तिका रणनीति तय गर्नुपर्नेबेला थाकेर यहाँका अन्नपूर्ण शिविर, पर्यटकीय पोखरा र लुम्बिनीक्षेत्रमा दिल बहलाउन निस्केका छन्, कतिपय शान्तिका दूत । संरा संघका महासचिवको बेमौसमको भ्रमण भन्नेहरू धेरै छन् यहाँ । देश सधैं संक्रणमा छ, सशस्त्र द्वन्द्वमा पिल्सिएका पीडकले अभैm न्याय पाएका छैनन्, अनशनमा छन् कोही । मानव अधिकारकर्मीले शान्तिका प्रतीक राष्ट्रसंघका महासचिवको भ्रमणमा विरोध प्रदर्शन गरे तर सरकारले तिनलाई गिरप्mतार ग¥यो । जलवायु परिवर्तनलगायतका खिचडीभैंm धेरै मुद्दा राखियो तर संक्रमणकालीन न्यायको टुंगो लगाउन स्वयं नेतृत्व नै उदासीन छ । जलवायु असर’bout यहाँ प्रभावको यकिन तथ्यांक नै छैन, के कसरी कति माग गर्ने र राष्ट्रसंघसँग पर्याप्त बजेट नै कहाँ छ ? अफिस सञ्चालनकै लागि ऊ आपैंm धनी देशसँग बजेट माग्दै छ । नेतृत्वले आपूmलाई सुरक्षित राख्नैका लागि विदेशीको पाउ मोल्ने गणतन्त्र र संघीयता हामीलाई चाहिएन भन्दै छन् मानिस र सडक पनि तातेको छ ।

यहाँ अनुत्पादक भ्युटावर धमाधम उठे तर सञ्चालनमा छैनन्, खर्च तीव्र रूपमा भयो । मेलम्ची उठेन, सबैलाई अभिशाप भयो, हाम्रा पूर्वाधार केवल उद्घाटनका लागि तय हुन्छन् । राष्ट्रिय गौरवका आयोजनाको लागत बढिरहने, म्याद थप भइरहने, सकेसम्म आप्mनालाई परियोजनाको जिम्मा दिने प्रणाली छ यहाँ । विकास निर्माणको काम ठप्प प्रायः नै छ र घरेलु प्रयोजन पनि कम हुँदा दसैं अवधिमा त बिजुली खेर गयो । साबिकका संरचना हटाइए, नयाँ बनेका संरचनाले कामै गर्न सकेनन् । राष्ट्रपतिजस्तो गरिमामय पद ठेक्कामा दिइयो, आममाफी प्रकरणले सो पुष्ट गर्छ । जसलाई कैदमाफी गरियो उसले तीन सातामै अर्को मान्छे मारिदियो । संस्था बदनाम हुनु भनेको देशकै बदनाम हो । बारामा गोली हानी प्रअकै हत्या भयो, अज्ञात समूहबाट भनियो । मुगुमा एकै परिवारका चार जनालाई हत्या गरेर बाहिर ताल्चा लगाएर हत्यारो भाग्यो । जाँचबुझ त होला जाँचबुझले मान्छे फर्कन्छ र ? निर्मला पन्त खोइ त ? काठमाडौंमै पनि हत्या भएको हो । यति निर्दयी मान्छे र समाज कसले बनायो ? सबै दलको मतमा काठमाडौंका बालेन १०औं मर्यादाक्रमबाट १७औंमा पुगे किन ?

आयातीत सामानबाट भन्सार बढाएर अनि निर्यातित नागरिकबाट विप्रेषण बढाएर देशको अर्थतन्त्र धानिने परम्परा किन बस्यो

देशको मियो नै भएन अहिले । लक्जम्बर्ग संसारमा अब्बल छ किन ? उसको परक्यापिटा इन्कम १ लाख ३५ हजार ६ सय ८३ यूएस डलर छ किन होला ? त्यहाँ कुन राजनीतिक सिस्टम छ ? बर्मुडा, नर्वे, डेनमार्क, कतार, स्विडेन, अस्टे«लिया, नेदरल्यान्ड, क्यानडा, बेल्जियम, र संसारकै अब्बलमा न्युजिल्यान्ड किन ? त्यहाँको पनि घटीमा अमेरिकी डलर ४८ हजार ८ सय २ पर क्यापिटा इन्कम किन र कसरी, कस्तो प्रणाली छ त्यहाँ ? अनि गणतन्त्र बोकेको देश बुरुन्डीमा जम्मा २ सय ३७ डलर, सोमालियामा ४ सय ४६, म्याडागास्करमा ५ सय १५, मोजाम्बिकमा ५ सय १०, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ५ सय ११, कंगोमा ५ सय ८४, नाइजरमा ५ सय ९५, मलावीमा ६ सय ४३, लाइबेरियामा ६ सय ७३ र यमनमा जम्मा ६ सय ११ डलर मात्रै किन होला ?

अनि चीन, भारत, अमेरिकाले उही प्रणाली स्वीकार गरेर अब्बल किन र कसरी ? हाम्रो सोच के हो ? गन्तव्य के हो ? कसले स्पष्ट पार्ने त ? विश्वमा गरिब पनि छन् धनी पनि तर हाम्रो नेतृत्वले केवल आप्mनो सुविधा मात्रै बढाउँछ किन ? यो देश अहिलेसम्म किन तलै रह्यो । मध्यमस्तरको राष्ट्रमा स्तरोन्नति गर्न किन म्याद थपिन्छ जहिले पनि । यहाँको जीवनस्तर कस्तो छ । कति जनसंख्या छ, कति बिदेसिए र बाँकीमा राज गर्न किन यति ठुलो संयन्त्र ? संयन्त्र धान्नका लागि आयस्रोत के हो ? विदेशी, स्वदेशी ऋण, व्यापारघाटा किन यति धेरै ? यहाँको उत्पादन के छ, अनि सबैजसो विदेश जान किन एयरपोर्टमा लाइन लागे ? किन विश्लेषण गरिएन ? अब एक, आधा दशकपछिको माथि रजाइँ गर्ने ? नेतृत्वमा दूरदृष्टि छ त ?

कुन संस्थाले देशको एकीकरण ग¥यो, मल्लराजा किन पछारिए, मारकाटमै रहे ? अहिले चलेको पूर्वपश्चिम राजमार्ग कहिले कसरी बन्यो ? मान्छे धेरै उड्ने अन्तर्राष्ट्रिय विमानस्थल कसरी बन्यो ? २०÷३० अर्ब ऋण हुँदा देशमा कति उद्योग कलकारखाना थिए र रोजगारी कस्तो थियो ? अहिले किन उद्योग कलकारखाना छैनन् र पछिल्लो दुई तीन दशकमा जनताको ढाड कति भाँचियो, चुनाव खर्च कति लाग्छ ? र पछिल्लो पाँच, सात वर्षमा जनता कति आत्तिए त ? आय स्रोत कहाँ छ र कति ? भ्रष्टाचारमा अब्बल हुने तर सुशासनको अभावमा सेवाग्राही निराश हुने अवस्था किन र कसले बनायो ? बजार कस्तो छ अहिले ? आप्mनै स्रोत जलस्रोतको सदुपयोग किन भएन ? विदेशबाटै आयात गरिएका सामानबाट भन्सार बढाई सबै पालिनुपर्ने, विप्रेषण पठाई नेता पालिने र मान्छेको अत्यधिक निर्यात गरेर त्यसमै वैदेशिक रोजगार कर बढाएर देशको अर्थतन्त्र धानिने यो गलत परम्परा किन बस्यो । आमजनतामा क्रयशक्ति छैन । शिक्षा, स्वास्थ्य धान्नै नसकिने भयो ।

औद्योगिक ग्राम घोषणा र उद्घाटन मात्रै हुने, पानी वितरण पनि गर्न नसकिएको अवस्था छ । पासपोर्ट आयबाट देश धनी बन्न खोज्ने हो र ? सियोदेखि दियोसम्म र सुनदेखि नुनसम्म अरूले पठाइदिनुपर्ने, हाम्रा गाउँ खाली हुने, खेतबारी बाँभैm हुने, भएका खेतबारीमा डोजर कुद्ने, स्थानीय तहमा पनि भ्रष्टाचार मौलाउने, बेरुजु बढ्ने किन ? योग्यता, सिप, क्षमता, विज्ञताको प्रयोग किन भएन ? केवल आपूm र आप्mना मान्छे टिकाउने र बिकाउने नौलो संघीयता, लोभतन्त्र र गणतन्त्र छ देशमा । भुपुहरूलाई सुविधा किन ? वर्तमानका लाई पनि देशको क्षमताभन्दा बढी किन ? लोकतन्त्रमा जनताबाट निर्वाचित भनिएका नेतालाई ठुलो सुरक्षाको ताँती किन ? विदेशमा कतै यस्तो चलन छैन । प्रणालीले चलेको हुन्छ, सडकमा थुक्न पाइन्न, दिनभरिको आप्mनो फोहोर सवारीसाधनमै राखेर आपैंmले व्यवस्थापन गर्नुपर्छ । यहाँ बालेन नआएसम्म सडक दुगन्धै किन रह्यो ? अभैm पनि पानी र फोहोरमै राजनीति किन ? नदी आसपास र सार्वजनिक जमिन कहाँ गए ? आलिसान भैंसेपाटीको भद्दा महलमा जनताले श्रीलंका बनाउँछन् कि ?

नेतृत्वमा दूरदर्शिता आवश्यक हुन्छ । यसकै अभावमा दिगो विकासको लक्ष्य पर धकेलिँदै छ, हामीकहाँ पानी धेरै छ तर खेर गएको छ । पानीकै कारण संसारमा खाद्यसंकट हुने निश्चित छ । लामो समय देश द्वन्द्वमा गयो र यसलाई उपलब्धि मान्दै दिवस मान्ने खराब परम्परा बसेको छ । द्वन्द्वकै कारण अफ्रिका र मध्यपूर्वका २ करोड मानिस विस्थापित भए, सन् २०१७ देखि नै खाद्यान्न अभाव छ । अहिले पनि रसिया युक्रेन र इजरायल हमास लड्दै छन् । विश्व बैंकको प्रक्षेपण छ अब खाद्यान्नको उत्पादन ७१ प्रतिशतले बढाउनुपर्छ तर हामीले त्यसको ठिक उल्टो काम गरिरहेका छौं, अरूले दिएको खाद्यान्नको भरमा चलेका छौं र थप अरूसँग माग्दै छौं ।

देशमा हैजालगायत अनेकौं समस्याले बर्सेनि १५ हजार बालबालिकाको अन्त्य हुँदै छ भने वृद्धको संख्या बढ्ने र युवा विदेश पलायन हुने अवस्था तीव्र रूपमा बढेको छ । जलवायु परिवर्तन असरकोे चासो गुटरेसले यहाँबाट दिँदैमा असर न्यून हुने वा त्यसका लागि राष्ट्रसंघले बजेट खन्याउन सक्छ त ? आपूm डुल्न जाँदा निम्तो दिएर आपैंmले विदेशी पाहुना, उच्चस्तरको भ्रमण गराएर आपूm ठुलो हुने प्रयास मात्र गरिएको हो कि कसरी बुभ्mने त ?

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम