बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यू, ५ घाइते

बैतडी । बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने, ५ जना घाइते भएकाछन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा न. ८ कालागाउँका ३५ बर्षिय अमरसिंह बिष्ट रहेकाछन् ।

दोगडाकेदार–८ कटौजपानीबाट सिल्लेगाडा तर्फ गईरहेको से १ ज ६०३ नम्बरको जीप घोडेधारको उकालोमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ५ जना मध्ये २जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा कालागाउँकै ३०बर्षिय कलावती बिष्ट र ४५ बर्षिय हिरा बिष्ट रहेकाछन् ।

यसैगरी सामान्य घाइते हुनेमा ४ बर्षिय रियाग बिष्ट, ७ बर्षिय सुशिला बिष्ट र ६० बर्षिय पदम बिष्ट रहेकाछन् ।

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । ग्रामिण कच्ची सडकका कारण उकालोमा चड्न नसकेर जीप दुर्घटना भएको उनले बताए ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 396 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम