दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–२ मा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारको ३ जनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका धवाडी पुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भई पुल छेउबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमाा आमा छोराको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा चितवन लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक मकवानपुरगढी–२ कुर्ले पाखा बस्ने आन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको उपचारार्थ अस्पतल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । उनकी श्रीमती अन्दाजी ३४ वर्षीया रुपा स्याङतान र छोरी अन्दाजी ५ महिने बालिकाको घटनास्थलमा मृत्यु भएको हो ।

मकवानपुरगढी बाँसपानीबाट सुकौरा जाँदै गरेको मोटरसाइकल मकवानपुरगढी–२ बाँसपानीमा सडकबाट करिब १२ मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा अर्को सुचना जारी नभएसम्म ‘डिजे’ बजाउन प्रतिबन्ध