तानसेनमा मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुने

पाल्पा । यही मंसिर २० गतेदेखी तानसेनको टुडिखेलमा तानसेन नगरपालिका स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता, २०८० हुने भएको छ ।

नगर खेलकुद विकास समिति तानसेन पाल्पाका संयोजक एवं वडा नंं ४ का वडा अध्यक्ष हेमन्तराज शाक्यले मंसिर २० गतेबाट फुटबल, पौष ७ गतेदेखी क्रिकेट र पौष २७ गते देखी ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिने बताए ।

फुटबल तर्फ जम्मा सहभागी १० टीमले प्रतियोगितमा भाग लिनेछ भने क्रिकेट र व्याडमिन्टनतर्फ दर्ता हुने क्रम जारी रहेको संयोजक शाक्यले जानकारी दिए । प्रत्येक खेलमा तानसेन नगरपालिकाका १४ वटै वडाबाट सहभागिता रहने तानसेन नगरपालिकाले जनाएको छ । तीन वर्ष सम्म लगातार जित्ने टिमले रनिङ्ग शिल्ड सदाका लागि पाउने छ ।

फुटवल प्रतियोगितामा प्रथम पुरस्कार नगद एकलाख, द्वितीय पुरस्कार पचास हजार घोषणा गरेको छ । प्रत्येक दिन म्यान अफ द म्याचको लागी दुई हजार, उत्कृष्ठ गोल किपरको लागी ३ हजार उत्कृष्ठ रक्षक (डिफेण्डर) को लागी ३ हजार, उत्कृष्ठ फरवार्डको लागी ३ हजार, उदयमान खेलाडीको लागी ३ हजार र उत्कृष्ठ खेलाडीको लागी ३ हजार पुरस्कारको व्यवस्था गरिएको संयोजक शाक्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द