तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार समयअगावै बन्द भएको छ । आइतार नेप्से परिचसूचक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द गरिएको हो । 

बजार खुलेको ५ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो। २० मिनेटपश्चात खुलेको बजार पुन २ मिनेटमा नै अर्को एक प्रतिशत बढेपछि फेरि बजार ४० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार २ मिनेटमा नै पुनः अर्को एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आइतबारको लागि सेयर कारोबार बन्द भएको हो। 

यस दिन नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको छ। यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ । 

गत शुक्रबार नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । 
 

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ