सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ७ मा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । निःशुल्क आँखा शिविरमा ३ सय ५२ जनाले आँखा परिक्षण गराएको छ जसमध्ये १ सय ३ जनामा मोतीया बिन्दु फेला परेको छ ।
हेटौंडा सामुदायिक आँखा अस्ताल, वडा नं ७ को कार्यलय तथा आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था लिं चन्द्रनगरको आयोजनामा गरिएको निःशुल्क आँखा शिविरमा मोतीया बिन्दु रोगीको शल्यक्रिया गरिने भएको छ ।
१ सय ३ जना मोतीया बिन्दु रोगी मध्ये ५२ जनाको शल्यक्रिया हेटौंडा सामुदायिक आँखा अस्तालमा भोली हुने तथा बाँकी ५१ जनाको हेटौंडा सामुदायिक आँखा अस्ताल निजगढ शाखा पौष ६ गते शुक्रवार निःशुल्क गरिने आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था लिं को सचिव शिवनारायण सिंहले जानकारी दिए ।
हेटौंडा सामुदायिक आँखा अस्ताल बाट आएका चिकित्सकहरुको टिमले अन्य विभिन्न आँखा रोगीहरुलाई सल्लाह सुझाव सहित निःशुल्क औषधी प्रदान गरेको थियो छ ।






