कालिकोट । रास्कोट नगरपालिकाको फुकोट स्वास्थ्य चौकिले सुत्केरी पछी महिलाको घरमै पुगेर चेकजाँच थालेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै स्वास्थ्य चौकि फुकोटले चिकित्सक सहितको टोली सुत्केरी आमाको घरमै पुगेर चेकजाँच सेवा दिएको स्वास्थ्य चौकिले जनाएको हो ।
सुत्केरी र नवजात शिशुमा बिभिन्न खालका रोगको संक्रमणको जोखिम उच्च हुने भएकाले घरमै स्वास्थ्यकर्मी परिचालन गरी सेवा प्रदान गरेको स्वास्थ्य चौकी सि.अहेव कृणप्रसाद बरालले बताए । बरालका अनुसार सुत्केरी पश्चात हुने सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी यो कामको थालनी गरेको हो ।
वडा नम्बर ९ र ८ थोल्ममा घरमै सुतकेरी गराउने केशहरु पनी शुन्यमा छ । सुत्केरी हुन सवै स्वास्थ्य चौकिमा नै आउने गरेका छन । सुत्केरी पछी रगत बग्ने, ज्वरो आउने, बच्चाको स्वास्थ्य अवस्थाको ’bout जानकारी लिनको लागी हामिले नियमित रुपमा सुतकेरीको घरमै पुगेर चेकजाँच गर्न सुरु गरेको अहेव वरालले भने ।’

गर्भवती महिलाले नियमित चेकजाँच र पोषिलो खाने कुरा आइरन चक्की दिने गरेका छौँ नियमित गर्भ परिक्षण सेवाले मातृ मृत्युदर घटाउन सहयोग पुग्ने वरालको भनाई छ । ‘पालिकाका चार स्वास्थ्य संस्थामा पुगेर गर्भवती महिलाको निःशुल्क गर्भ परिक्षण सेवा ‘नेपाल सरकारको प्राटोकल अनुसार सुत्केरी भएको २४ घण्टा ३ दिन र ७ दिनमा जाँच गराउनु पर्ने भएकाले दुर्गमताका कारण स्वास्थ्य संस्था जान नसक्ने भएकाले आमा र शिशुको स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्यकर्मी घर घरमा पठाईएको वरालले बताए ।
स्वास्थ्य संस्थाले घरमै स्वास्थ्य सेवा दिदा निकै सहज भएको सुत्केरी सुस्मिता वरालले बताइन । गाउँघरबाटै स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य अवस्था प्रतिको डर, त्रास पनि कम भएको सुस्मिताको भनाइ छ ।
अस्पतालमै दिन्छन गर्भवतीलाई स्वास्थ्य सुझाव
फुकोट स्वास्थ्य चौकिले गर्भवती आमाहरु लाई प्रत्येक महिनाको एक पटक पोषिलो लिटो संगै अस्पतालमै राखेर सवैलाई स्वास्थ्य चेतना दिने गरेको छ ।
घरमै पुगेर सुत्केरीको चेकजाँच थालेको फुकोटले गर्भवती आमालाई अस्पतालमै राखेर स्वास्थ्य सचेतना दिने थालेको अहेव कर्णप्रसाद वरालले बताए ।
गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुत्केरी महिलाको घरमै पुगि स्वास्थ्य सेवादिने कार्यक्रमम सञ्चालन गरिएको नगरप्रमुख धर्मराज शाहीले बताए ।
सुत्केरी महिला मात्र हैनन् जेष्ठ नागरिक, अशक्त र अपाङ्गहरुलाई पनि घरदैलोमा नै स्वास्थ्य सेवा संचालन गरेका छौं । यो कार्यक्रम मेयर हेल्थ केयर नाम राखेर एक वर्ष अघिदेखी महिनाको एक पटक गाउँमै गरेर स्वास्थ्य सेवा दिन थालेका छौँ । यो निकै प्रभावकारी बन्दै गएको पायएको छ । हाम्रो उदेश्य भनेको कोही कसै नागरिक औषधी उपचार नपाएर अकालमै ज्यान नजावस भनेरै गाउँमै पुगेर नियमित स्वास्थ्य सेवा संचालन गरिएको हो । जिल्ला अस्पतालले दिने सेवा सरह नगरपालिकामै अस्पताल संचालन छ । जटिल खालका बिरामहरु मात्र जिल्ला बाहिर रेफर गर्ने गरेको उनले बताए ।






