कञ्चनजंघा सेसेलुङ गोल्डकपको उपाधि सुनसरीलाई

ताप्लेजुङ । सदरमुकाम फुङलिङमा आयोजित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको उपाधि चकरघट्टी फुटवल क्लव सुनसरीले जितेको छ । वुधवार सम्पन्न प्रतियोगितामा छिमेकी जिल्ला मोरङको सगरमाथा युथ क्लवलाई ट्राईवेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ को वरावरी खेलेका थिए । ट्राईवेकरमा मोरङका शुशिल राईले हानेको गोल सुनसरिका गोल किपर अभिशेक राईले वचाएपछि र अर्का अभिशेक लिम्वूले हानेको गोल पोलमा ठोकिएर फर्किएपछि सुनसरीले उपाधि चुम्यो ।

विजेता सुनसरिले ३ लाख २ हजार हात पार्यो भनें उप विजेता मोरङले १ लाख ५१ हजारमा चित्त बुझाउनु पर्यो । पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागीता रहेको थियो ।

चासोक तङनाम २०८० को अवसरमा कञ्चनजंघा फुङलिङ क्लव, चासोक तङनाम सञ्चालक समिति र ङा वोरक सङजुम्भोको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिता भानुजन माविको मैदानमा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति