नेपाली र मैथली भाषामा आयो आरती

काठमाडौं । अपराधिक घटनाको कथामा केन्द्रित रहेर वेभ सिरिज ‘आरती…’ निर्माण भएको छ । नेपाली र मैथिली गरी दुई भाषामा बनेको यो वेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ ।

काठमाडौंमा एक समारोहबीच यो वेभ सिरिजको प्रमियर गरिएको छ । संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा १, २ र ६ एसिपोड प्रदर्शन गरियो । ब्रीजवाटर कलेजको प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, सिनेम्याटोग्राफर निरज कंडेल, अभिनेता मुकन भुषाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतले सो वेभ सिरिजको ’boutमा समारोहमा आफ्नो भनाई राखे ।

यो सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कंडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ । रोशन दासको निर्देशन रहेको सिरिजको कथा लेखन हिक्मत शर्माले गरेका हुन्। जसमा नितेश घतानको छायाँकन, कवीर ओडको सम्पदान र रँग सँयोजन रहेको छ । वेभ सिरिजको निर्माता आशिश दास, सह–निर्माता रिता देवी र क्रियटिभ निर्माता राकेश साह रहेका छन् । आरती’ वेब सिरिज नेट टिभीमा यही सोमबारबाट प्रसारण हुने भएको छ ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका पूर्व मन्त्री साहले नेपाली–मैथिली सिनेमाको इतिहासमा युवाहरूको प्रयास आरती सिरिज धेरै दृष्टिकोणले सराहनीय रहेको भनाई उनले कार्यक्रममा राखे । यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्तताका लागि अभिप्रेरित गर्ने पनि उनले बताए, ‘जघन्य अपराध बलात्कार र महिला हिंसामा आधारित नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको यो सिरिज हेर्दा यसले समाजमा अपराध घटाउने विश्वास मैले लिएको छु ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य