बरहथवामा फेरि कर्फ्यू

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ । गत शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । त्यसपछि पनि कर्फ्यू जारी गरिएकाे थियाे ।   


 

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

epaper

ताजा समाचार

बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते