विपन्न सिने मजदुरलाई राहत आइबारबाट

काठमाडौं । नेपाली चलचित्रमा ज्यालादारी काम गर्ने प्राविधिकहरूका लागि सहयोग जुट्न थालेको छ । पछिल्लो एक महिनाभन्दा लामो समयदेखि चलचित्रको छायांकन रोकिएपछि कामविहीन भएका सिने मजदुरहरूको आर्थिक संकट’bout चार दिनअघि राजधानी दैनिकले समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि सम्बन्धित चलचित्रकर्मीहरूले सहयोग प्रदान सुरु गरेका छन् ।

सिनेमामा ज्यालादारीका रूपमा काम गर्ने मजदुर तथा प्राविधिकहरूको संस्था नेपाल चलचित्र प्राविधिक संघले आइतबारबाट प्राविधिकहरूलाई घरघरमै राहत पु¥याउन सुरु गर्ने संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए ।

प्राविधिकहरू भोकै बस्ने अवस्था आएपछि कलाकारहरूले आर्थिक सहयोग सुरु गरेका छन् । आर्थिक रूपमा विपन्न प्राविधिकहरूका लागि अहिलेसम्म ९ लाख २६ हजार रुपैयाँ जुटेको छ । यो रकमको खाद्यान्न सामग्री प्राविधिक संघले संकलन गरिरहेको छ ।

विभिन्न प्राविधिकका लागि अभिनेता पल शाहले ५ लाख रुपैयाँ प्रदान गरेका छन् । यस्तै, लाइन प्रोड्युसर तथा छायांकार गौतम धिमालले २ लाख २५ हजार रुपैयाँको राहत सामग्री उपलब्ध गराएका छन् ।

यस्तै, अभिनेता एवं निर्माता दीपकराज गिरी र उनको समूहले १ लाख २० हजार रुपैयाँ प्रदान गरेका छन् । अन्य कलाकारमा अभिनेत्री वर्षा राउतले ५१ हजार रुपैयाँ र अभिनेता कृष्ण मल्लले ३० हजार रुपैयाँ प्रदान गरेको पनि नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराएका छन् ।

(राहतको सूची तयार गर्दै अध्यक्ष पुष्कार लामासहित पदाधिकारी)

लामामा अनुसार अभिनेत्री पूजा शर्माले आफ्नो रिलिज हुन लागेको नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमबाट आइतबार २ लाख रुपैयाँ प्रदान गर्ने भएकी छन् ।

अहिलेसम्म उठेको रकमले राहत सामग्री किन्न खाद्य संस्थान पुग्दा ठूलो मात्रामा खाद्य संस्थानले आफूहरूलाई खाद्यान्न सामग्री उपलब्ध नगराएको पनि अध्यक्ष लामाले बताए, ‘व्यक्तिगत रूपमा एक÷दुई बोराका दरले चामल किन्न मिले पनि थोकमा यहाँ किन्न पाइँदैन भनेर खाद्य संस्थानबाट भनेपछि हामीले उद्योग मन्त्रालयको सिफारिसमा बाहिरबाट सामग्री किन्न सुरु गरेका छौं ।’

पहिलो चरणमा आफूहरूले ३ सय जना प्राविधिकलाई राहतको रूपमा खाद्यान्न सामग्री वितरण गर्न लागेको उनले बताए, ‘हामीले राहत प्याकेजका रूपमा प्रतिप्राविधिक ३ हजार रुपैयाँको सामग्री प्रदान गर्दै छौं । जसमा एक बोरा चामलसहित, दाल, खाने तेल, नुनजस्ता अत्यावश्यक खाद्यान्न सामग्री रहेको छ ।’

शनिबार बेलुका राहत सामग्री प्याकिङ गर्न व्यस्त रहेका अध्यक्ष लामासहित संघका पदाधिकारीहरूले आइतबार बिहानैबाट गाडीमा राखेर यी राहत सामग्री काठमाडौं उपत्यकाभित्र रहेका प्राविधिकहरूको घरघरमा पु¥याउने बताए ।

प्राविधिकहरूलाई घरमा पु¥याउने जिम्मा लिएका गौतम धिमालले भने, ‘मैले गाडी भाडामा लिएर सामग्री पु¥याउन गाडीको पास पनि सिडियो कार्यालयबाट लिएको छु । अब भोलिबाट दुई दिनभित्र हामी पहिलो चरणको राहत सम्बन्धित प्राविधिकहरूको घरघरमा पु¥याउनेछौं ।’

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अहिलेसम्म ९ लाख २६ हजार रुपैयाँको सहयोग जुटिसकेको छ । सहयोग’bout अध्यक्ष लामाले राजधानीसँग भने, ‘हामीले सहयोगीहरूसँग प्रत्यक्ष पैसा लिँदैनौं । उहाँहरूलाई नै खाद्यान्न सामग्री किन्ने ठाउँमा लागेर प्रतिप्राविधिक (परिवार) ३ हजार रुपैयाँका दरले आफूले कति जना प्राविधिकहरूलाई किनिदिने हो, सोहीअनुसारको सामग्री किन्न लगाउने गरेका छौं ।’ यसरी प्राविधिकहरूका लागि सिनेकर्मीले किनिदिने सामग्रीको बिल पनि उनीहरूलाई प्रत्यक्ष प्राप्त हुने भएकाले आर्थिक सहयोगमा पारदर्शिता हुने पनि अध्यक्ष लामाले बताए ।’

प्राविधिक संघका अध्यक्ष लामाका अनुसार चलचित्र, म्युजिक भिडियो, वृत्तचित्र छायांकन क्षेत्रमा दैनिक ज्यालादारीमा कार्यरत प्राविधिकमध्ये १३ सय जना यो संघका सदस्य छन् । १ हजारभन्दा बढी सक्रिय सिने मजदुरहरू संघको सदस्यता लिने पर्खाइमा छन् । अरू पनि थुप्रै प्राविधिकहरू संघमा आबद्ध नरहेर स्वतन्त्र रूपमा कार्यरत रहेको उनले बताए । तथापि, संघका सदस्यहरूमध्ये शुक्रबारसम्म पहिलो चरणमा फोनबाट नाम टिपाएका ३ सय जनाका लागि राहत प्याक गनेक्रम सुरु भएको छ ।

बाँकी आर्थिक रूपमा विपन्न प्राविधिकहरूको पनि राहतको फोन आउनेक्रम जारी रहेकाले पहिलो चरणको राहत प्रदानपछि दोस्रो चरणको सूची बनाएर प्रदान गरिने पनि अध्यक्ष लामाले बताए । पहिलो चरणको राहत सोमबारसम्म वितरण गरिसक्ने भनाइ अध्यक्ष लामाको छ ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

epaper

ताजा समाचार

कोलम्बिया र छिमेकी देशहरूमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु भएको पुष्टि