काभ्रेपलाञ्चोक । जिल्लाको बनेपामा लकडाउन उललघंन गरेपछि ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेको बनेपामा बिना काम हिड्ने ८० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमलिसनाले बताए । नियन्त्रणमा लिएका ६२ जना पुरुष र १८ जना महिलालाई बनेपा प्राविधिक शिक्षालयको खेल मैदानमा राखिएको छ ।
लकडाउनको अवज्ञा गरेर विना काम बाहिर निस्कनेक्रम बढेसँगै बनेपामा एक दिनमै ८० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘लकडाउन’ को १३ औ दिनभित्रमा प्रहरीले ५ सयभन्दा धेरै सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल तामाङले बताए । काभ्रेको व्यापारिक शहर बनेपामा लकडाउनप्रति प्रहरी निक्कै सकृय बनेर लागेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)






