खेलकुद मन्त्री लिम्बुलाई पत्नी बियोग

बिराटनगर । युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो ।

लामो समय देखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचार भइरहेको थियो, उपचारको क्रममा बिहिवार राती बिराटनगरस्थित निवासमा भएको थियो ।

पारिवारका सदस्यका अनुसार शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी केही महिना अघि आमाको समेत  निधन भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

नर्वेको पोस्टमा फ्रान्सको ४ गोल, डेम्बेको ह्याट्रिक