संकटपुर्ण घडीमा मेयर रिना साहको साहसी पहल

रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को सन्त्रास एवं लकडाउनले सर्वसधारण पीडित भईरहेका छन् ।

कोरोना भाइरसको सन्त्रास तथा देशमा लकडाउनको संवेदनशील एवं संकटपुर्ण समयमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना साहले सर्वसधारणलाई सहयोग गर्न सक्रिय भएकी छन् ।

मौलापुर नगरपालिकाका स्थानीय बिनय यादवले मेयर साहले आफ्नो निजी प्रयासमा पुरै नगरभरी सेनेटाइज गर्ने, क्वारेन्टाइन निर्माण, लाखौको औषधी तथा स्वास्थ्य सामग्रीका साथै गरिव परिवारलाई राहत वितरण गरेको बताए ।

बिगत एक महिना देखी नगरपालिकामा लेखाको कर्मचारी नभए पनि कोरोना भाइरसको संत्रास तथा लकडाउनको बेला मेयर साहले सर्वसधारणलाई सहयोग गर्न उनीहरुको घरदैलोमै पुगिरहेको उनले बताए ।

‘नगरपालिकामा लेखाको कर्मचारी बिगत एक महिना देखी छैन, पुरै आर्थिक कारोवार बन्द छ’ यादवले भने, ‘लेखाको कर्मचारी नभए पनि मेयर रिना साहले यस्तो बेलामा सर्वसधारणको घरमै पुगेर राहत वितरण सहितका काममा जुटनुभएको छ ।’

अर्का स्थानीय राजेन्द्र सहनीले रौतहटकै कतिपय ठाउँमा सर्वसधारण गरिव तथा ज्यालादारीमा मजदुरी गर्ने पीडितहरु राहत नपाएको समयमा मौलापुरका सर्वसधारण परिवारले राहत पाउँनुका साथै स्वास्थ्य सामग्री पाएकाले कुनै समस्या नरहेको बताए ।

‘नगद बिना कÞुनै काम गर्न न सक्ने यो समाजमा रीना जीको जनता र नगर प्रतिको समर्पण निश्चित रुपमा सराहनीय छ । धन्य छ मौलापुर जसले रीना साह जस्तो मेयर पाएको छ’ सहनीले भने ।

कोरोना भाइरसको संत्रास तथा लकडाउनको संवेदनशील एवं संकटपुर्ण समयमा प्रत्येक नागरबासीको आवश्यक्ता एवं चाहना अनुसार मेयर साहको सहयोग गर्ने कार्यले नगरबासीले खुशी व्यक्त गरेका छन् ।

प्रदेश २ का स्थानीय तहमा एक मात्र निर्वाचित महिला मेयर साहले शुरुदेखी नै सर्वसधारणलाई सहयोग गर्दै आएकाले नगरबासीमा लोकप्रिय बनेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालमा कति छन् शरणार्थी ?