करुणा पुनको शब्द, संगीतमा रहेको कौडा गीत ‘जूनै टिपेर’

काठमाडौँ । गायक मनोज थापा र गायिका करुणा पुनको सुमधुर स्वरमा सजिएको ‘जूनै टिपेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द, संगीत स्वयम् गायिका पुनको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा आनन्द गुरुङ र चाहना मगरको अभिनय रहेको छ।

मनोज कार्कीको सम्पादन गरेको भिडियोलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक थापाको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक थापाको स्वरमा रहेको जारी फिल्मको ‘रीत’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स