गण्डकी प्रदेश अब बागलुङ केन्द्रित


पाेखरा । बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर खिचिएकाे छ।

संघीय सरकारकाे शनिबारकाे बैठकले बागलुङ सहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा साे टेष्ट गर्ने निर्णय गरेकाे थियाे ।

बागलुङमा हालसम्म २ महिलामा काेराेना संक्रमण देखिएकाे हाे। उनीहरू दुबैकाे धाैलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ।

सरकारकाे निर्णयसँगै गण्डकीकाे पनि सम्पूर्ण ध्यान त्यतातिर लगाउनुपर्ने अवस्था अाएकाे जानकारी सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा विनाेदविन्दु शर्माले दिए।

उनले भने, प्रदेशका अन्य जिल्लामा सामान्य हुँदा बागलुङ उच्च जाेखिममा रहेकाे र सरकारकाे निर्देशन बमाेजिम टेष्टका लागि यहाँबाट अावश्यक सहयोग हुनेछ।

उनका अनुसार बागलुङमा अावश्यक सामान पठाइने छ। साथै जनशक्तिको अावश्यक परे पनि पठाइने छ।
जिल्लाकाे र्‍यापिड रेस्पाेन्स टिमलाई तयारी अवस्थामा राखिएको छ। बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुराउकाे नेतृत्वमा साे टिम गठित छ।

बागलुङमा कोराना संक्रमितको वासस्थान ’round रहेका तथा चैत महिनामा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने छ।

टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र संक्रमणको शंका लागेकाहरुको परीक्षण गरिने तयारी छ।

यसैबीच, काेराेना संक्रमण राेकथाम तथा व्यवस्थापनका लागि गठित प्रदेशस्तरकाे स्वास्थ्य निर्देशनालयकाे समितिले अाइतबार विभिन्न विषयगत समितिसँग छलफल गरेकाे जनाइएकाे छ।

सरकारकाे निर्णय बमाेजिम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठकले ३ जिल्लामा टेष्ट टोली पठाउन लागिएको बुझिएको छ।

गण्डकीका ११ जिल्लामध्ये हालसम्म ७५ जनाकाे नमुना टेस्ट भएकाे छ। जसमा २ जनाकाे नतिजा पाेजेटिभ र ७३ जनाकाे नेगेटिभ छ।

यहाँ कुल ९३ जनाकाे स्वाव नमुना लिइएकामा १८ जनाकाे नतिजा अाउन बाँकी रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले अाइतबार विज्ञप्तिमार्फत जनाएकाे छ।

केही दिनदेखि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना परीक्षण सुरू भएकाेमा यहाँ ४६ जनामध्ये २८ जनाको नेगेटिभ र अन्य १८ काे नमुना अाउन बाँकी छ ।

गण्डकीमा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गाेरखा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, मुस्ताङ र नवलपुर जिल्ला पर्दछन्।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम