दयारानीको टिजरमा निशन्तानको पीडा

काठमाडौं । यही २६ माघबाट रिलिज हुने चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको बिहीबार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा यो चलचित्रको अभिनेता दयाहाङ राई र उनको श्रीमतीको भूमिकामा रहेकी अभिनेत्री दीया पुनबीको पारिवारिक अन्तरकथा प्रस्तुत गरिएको छ ।

सिनेमामा दयाहाङ राई र दीया पुनसँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ पनि मुख्य भूमिकामा छन् । उनीहरुको चरित्र पनि टिजरमा समेटिएको छ ।

निःसन्तान भएकाले दयाहाङलाई दोश्रो विवाह गर्न दीयाले दवाव दिएको कुरा टिजरमा देख्न पाईन्छ । एकातर्फ आफ्नी श्रीमतीले अर्को विवाहको लागि दिएको दवाव अस्विकार गर्ने तर अर्को तर्फ सालीसँग प्रेम गर्ने दयाहाङको चरित्र पनि टिजरमा देखिन्छ । टिजरमा हासो, रोदन दुबै पक्षलाई समेटिएको छ ।

दयाहाङ र दीयाको यो तेश्रो सहकार्य हो । उनीहरुले यस अघि ‘मिस्टर झोले’, ‘बीर बिक्रम’ जस्ता चलचित्रमा जोडी भएर काम गरिसकेका थिए ।

यो चलचित्रलाई अभिनेता माओत्से गुरुङले निर्देशन गरेका हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम