काठमाडौं । हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् ।
थप अनुसन्धान भइरहेको छ: प्रहरी
क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए।
बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर राति उनीहरूलाई पक्राउ गरेको ढुंगानाले बताए । अग्रवाल क्षेत्रपाटीका कपडा व्यवसायी हुन्। उनको क्रिप्टोकरेन्सी, हुण्डी, सुनको शंकास्पद कारोबार रहेको बुझिएको छ।
‘अवैधानिक कारोबार’bout अहिले अनुसन्धान भइरहेको छ, हामी रकम र कारोबारको कनेक्सन’bout अनुसन्धान गरिरहेका छौं,’ ढुंगानाले भने । शंकास्पद अन्य तीन व्यक्तिको संलग्नता’bout अनुसन्धान भइरहेकाले विभागले नाम खुलाएको छैन।
विभागले बरामद रकम गणना गरिरहेको उनले बताए । ‘दुई हजारजति डलर बरामद भएको छ, अहिले गन्ती गरिरहेका छौं,’ उनले भने।






