कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या

नवलपुर । पूर्वी नवलपरासीको हुप्सकोट गाउँपालिका-६ बिरुखर्कमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या गरेका छन् ।

बिरुखर्कको ३३ वर्षिय शेरबहादुर लम्का मगरले गएराती एक बजेको समयमा श्रीमती ३४ वर्षिय चनिसरा लम्का मगरलाई सुतिरहेको अवस्थामा कोदालो र खुर्पा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

मृतक मगर गर्भवती रहेको र कोदालो, खुर्पासहित शेर बहादुर लम्का मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो