प्रदेश २ मा दियो उत्सव (फोटो फिचर)


जनकपुरधाम । प्रदेश २ का विभिन्न जिल्लाका सहरी क्षेत्रमा आइतवार साँझ दियो बालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतालाई आइतवार राति ९ बजे ९ मिनेटका लागि दियो, क्यान्डल, मोबाइल फ्लेक्स र टर्च बालेर कोरोना भाइरसविरुद्ध एकता प्रदर्शन गर्न आह्वान गरेका थिए ।

संघीय र प्रदेश सरकारले दियो बाल्न आह्वान गरेको थिएन । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा प्रदेश २ का विभिन्न जिल्लामा स्वस्फूर्त दिप बालिएको थियो । प्रदेश २ का विभिन्न जिल्लाको सहरी क्षेत्रमा साँझ हुन बितिकै घरको मूलद्वारमा परिवारका सदस्य दियो लिएर उभिका थिए । धेरैजसोले दियो बालेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन ।

दिप बाल्नु भनेको अन्धकारबाट मुक्ति हो, त्यसकारण हामीले पनि बालेको जनकपुरधाम–४ का पंकज मण्डलले बताए । अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ । यसले सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि जनाउँछ । जनकपुरधामका धार्मिक जानकार दिगम्वर झा दिनमणिका अनुसार घरमा दियो जलाउनाले घर शुभ हुन्छ । घरमा सुख, शान्ति तथा समृद्धिले प्रवेश गर्छ । अशुभ कुरा नष्ट भई वातावरणसमेत सकारात्मक हुन्छ ।

अहिले पूरै संसारमा संकट आएकाले आफूहरु संकटबाट मुक्तिका लागि दियो बालेको नेपाल चेम्बर अफ कर्मस प्रदेश २ का अध्यक्ष पवनकुमार ठाकुरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 905 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित