विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने

काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सोमबार पनि अवरोध गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रतिनिधि सभा बैठकमा बेल घेर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति’bout प्रष्टीकरण माग्दै बेल घेर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस सांसद उर्मिला थपलिया ‘सिता’ले जानकारी दिइन् ।

‘प्रधानमन्त्रीले हिजो प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा देशको सीमामाथि धावा बोल्ने जवाफ दिनुभएको छ,’ उनले भनिन्, ‘त्यस’bout सदनमा प्रष्टीकरण दिनुपर्छ भन्ने माग गरेर बेल घेर्ने निर्णय भएको छ ।’

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राई, ध्रुवराज राई, एमाले संसदीय दलका उपनेता पद्‍मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निष्कल राईसहितका अन्य नेताहरू सहभागी थिए ।

विपक्षीहरूले यो अधिवेशन सुरु भएदेखि प्रतिनिधिसभा बैठकमा अवरोध पुर्‍याउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु