दिल्ली पुगे रास्वपा सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (सोमबार) भारत पुगेका छन् ।

उनलाई स्वागत गर्न भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल पुगेका थिए ।

भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा टोली भारत पुगेको हो। भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र स्वकीय सचिव प्रदीप आचार्य छन् ।

रास्वपाका अनुसार लामिछानेले जेठ २२ सम्म भारत भ्रमण गर्नेछन्। भ्रमणका क्रममा नयाँ दिल्लीमा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीति भेटघाट गर्नेछन् ।

साथै भारतमा बस्ने नेपाली समुदाय तथा पार्टी शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यसबीच लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित