निरन्तर साधनामा आरबी निश्चल

पोखरा । एकपछि अर्को कृति पाठकमाझ ल्याएका आरबी निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण भएको छ । पाल्पामा आयोजित समारोहमा गजलकार बूँद रानाले सो कृति विमोचन गरे । उनले आरबी निश्चलले ‘उल्टो धार’बाट जीवनमा सत्यता खोज्ने अभियानमा लागेको बताए ।

कृतिको समीक्षा गर्दै डा. शंकरप्रसाद गैरेले कविताले दिन खोजेका सन्देश, चेतना, हालको सामाजिक, धार्मिक अवस्था’bout चर्चा गरे । २१औं शताब्दीमा पनि जातीय विभेद गरेर समाजमा उच्च व्यक्ति कहलाउनेहरू उल्टो धारमा हिंडिरहेको विषयलाई कवितामार्फत व्यक्त गरिएको उनले बताए ।

कवि निश्चलले हिन्दु धर्मको गलत प्रचार गरेर विभिन्न व्यक्ति, शासक केही वर्ग उल्टो धारमा हिंडिरहेको भन्दै व्यंग्य गरे । जातीयताका कुरा गरेर समाजलाई उल्टो बाटो हिंडाउनेहरूलाई सचेत गराउनुपर्ने उनको जोड छ । कार्यक्रममा धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याल, सचिव टंक पन्थ, साहित्यकार तिलक लामिछाने, रामप्रसाद अर्याल, मन गहिरे, महेन्द्र पन्थी, आयाम कार्कीलगायतले बोलेका थिए ।

११८ पृष्ठको कृतिलाई समय चिन्तन, प्रश्न र आफ्नै आँखा गरी तीन परिच्छेदमा विभाजन गरिएको छ । जसमा ४८ कविता संग्रहित छन् ।

२०७६ सालमा किस्ताकिस्तामा जिन्दगी –कविता संग्रह) पाठकमाझ ल्याएका उनका मौन हिमाल (कविता संग्रह), सपनाफूल (खण्डकाव्य), विष्णु लोहनी र सुमन लोहनी, आँसु खस्दै गर्छ (कविता संग्रह), पैताला पुकार (कविता संग्रह) प्रकाशित छन् ।

पाल्पा रिब्दिकोटका आरबीले नुरगंगा साहित्य प्रतिभा पुरस्कार, सकला सिद्धार्थ वाङ्मय पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । अंग्रेजी विषयमा एमएड गरेका उनी हाल प्राध्यापन पेसामा संलग्न छन् ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता