काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले सरकारसमक्ष पूर्व अर्थसचिव राजन खनाल, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र वर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले तीनवटा नामबाट गभर्नर नियुक्त गर्ने छ । तत्कालीन गभर्नर चिरञ्जीवी नेपालको पदावधि सकिएपछि चैत ५ देखि राष्ट्र बैंकमा गभर्नर पद खाली छ ।
तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)






