रेखाको उपहारको आयो शीर्षगीत

काठमाडौं । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । आफ्नो पहिलो सन्तानको जन्मको लागि उनी गत महिना नै अमेरिका पुगेकी हुन् । उनले निर्माण तथा अभिनय गरेको चलचित्र उपहार भने यही २५ फागुनबाट रिलिज हुँदैछ । उपहारको प्रचारको लागि रेखाले समयसमेत यतिबेला दिन सकेकी छैनन् ।

उपहारको प्रदर्शन मितिको गणना सुरु हुँदैगर्दा यो चलचित्रको शिर्ष गीत ‘हेरेको छैन…’को भिडियो बिहीबार रिलिज गरिएको छ । गीतको भिडियोलाएई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । यो गीतलाई रविन भुसालले गाएका हुन् । जसमा अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द रहेको छ ।

चलचित्रलाई अग्रज निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्,‘चलचित्रको अबधारण अनुसारको यो गीत रहेको छ र यो गीत दर्शकलाई मन पर्ने हाम्रो विश्वास छ ।’ देउजाले भने ।

यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो गीतको भिडियोमा अभिनेत्री रेखा थापासहित, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, र सुष्मा कार्कीको अभिनय रहेको छ । उपहार सामाजिक विषयवस्तुमा आधारित चलचित्र रहेका र यसमा हाँस्यरसदेखि रोदनसम्मलाई समिश्रण गरिएको पनि निर्देशक देउजाले बताए ।
यो चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी तथा माधव शर्माको पटकथा–संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

बाल मन्दिरमा भएको ठगी अभियोगमा पक्राउ व्यक्ति सार्वजनिक