लकडाउन वैशाख ३ गतेसम्म थपियो

सङ्क्रमण फैलिन नदिन देशभर ‘लकडाउन’, पर्याप्त छैन कानून

काठमाडौं । सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो । कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउन अवधि बढाएको हो ।

यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो ।

दोस्रोपटक थप गरेको अवधि भोलि सकिनै लाग्दा सरकारले फेरि लकडाउन अवधि थप गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यालय शिक्षालाई रोजगारमुखी, प्रयोगात्मक र विद्यार्थीको रुचिमा आधारित बनाउन सुझाव