अहिलेको सरकारलाई हिडेर कुदेर काम गर्ने छुट छैन उडेर काम गर्नु छ : मुख्यमन्त्री कार्की

मोरङ (सुन्दरहरैचा) । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारलाई हिडेर कुदेर काम गर्ने छुट नभएको बताएका छन्। मोरङको सुन्दरचरैचा नगरपालिका ६ मा रहेको साजिलाल माध्यमिक विद्यालयको ५८ औं वार्षिकाेत्सवमा प्रमुख अतिथि रहेका मुख्यमन्त्री कार्कीले सरकारलाई हिडेर कुदेर काम गर्ने छुट नरहेको भन्दै उडेर काम गर्नुपर्ने बताएका हुन्।

तोकिएको समय भन्दा ढिला कार्यक्रम पुगेका उनले आफू विभिन्न बैठकमा सहभागी भएर यहाँ आएको र केहि ढिलो भएको बताए। प्रदेश सरकार छिटो काम गरेर प्रतिफल दिन रात खटिरहेको समेत उनले बताए। ‘आफ्नो सरकारको शिक्षालाई हेर्ने फरक दृस्टी कोर्ण रहेको छ, मुख्यमन्त्री कार्कीले भने,’जग्गा दाताहरुले दान गरेको र दिउसी भैलो खेलेर बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन ?’

विद्यालयमा पढ्ने विद्यार्थीहरूमा धनीका छाेराछाेरीले अंग्रेजी र गरीवका छाेराछाेरी नेपाली माध्यममा पढिरहेकाे गरेको भन्दै उनले त्यस्ता बिद्यालयहरुलाई प्रदेश सरकारले कुनै पनि सहयोग नगर्ने बताए।

‘गरीबकाे करले चलेकाे विभेदकारी विद्यालयमा प्रदेश सकारले कुनै सहयोग गर्दैन,उनले थपे।’ आफूलाई बिद्यालयका धेरै कार्यक्रम आउन अनुरोध गरेको भन्दै उनले यो पहिलो पटक आफु बिद्यालयको कार्यक्रममा आएको र त्यो पनि कोशी प्रदेशकै धेरै बिधार्थी हुने बिद्यालय भएकाले आफु आएको बताए।

भाषा ज्ञान नभएर मध्यम मात्र भएकाले फरर अंग्रेजी राम्राे जान्नेले पनि महिला हिंसा लगायतका विभिन्न अपराध गर्दै हिँडेको र सर्टफिकेटबाट कति ज्ञान छ भनेर मापन गर्न नसकिने बताए। आफू मुख्यमन्त्री भएपछि प्रदेश सरकारले २२ वटा याेजना काटेर १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने र स्वास्थ्य स्वयं सेविकाको प्राेत्साहन स्वरुप भत्ता बढाएको पनि बताए।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम