दैलेखका २४ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने

दैलेखमा २४हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लाका ११वटा स्थानीय तहमा रहेका २४ हजार ५सय८१जना बालवालिकालाई खोप दिने तयारी भइरहेको जानकारी दिएको छ ।

आगामी फागुन १३देखि २३गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य सेवा कार्यालय दैलेख खोप व्यवस्थापक थिर प्रसाद रेग्मीले बताए । कार्यालयले अभियान’bout सरोकारवाला निकायसँग छलफल गरेको छ । दैलेखमा ९महिनादेखि५वर्ष सम्मका बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए। जिल्लाका २७७खोप केन्द्रमा खोप अभियान सञ्चालन गरिने उनले बताए ।

जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष नवराज शाहीले जिल्लामा दादुरा रुबेला विरुद्धको खोप अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए ।उनले यस अभियानलाई सफल व्यवस्थित र प्रभावकारी रुपमा संञ्चालनका लागि सबै पक्षसँग उनले आग्रह गरे ।दैलेखका ११पालिकामा सञ्चालन हुने खोप अभियान प्रभावकारी बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने उनले जानकारी दिए । यस्तै नारायण नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप सञ्चालन गरिने नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले बताए । ।खोप सञ्चालन सम्बन्धी सूचना जिल्लाका सामुदायि रेडियोबाट पनि प्रशारण भइरहेको उनले जानकारी दिए।

खोपलाई अभियानलाई व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्ने नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मा जानकारी दिए ।सबै बालबालिकाले दादुरा–रुबेला खोप लगाउन भनेर प्रचारप्रसारलाई तीव्र पारिएको उनले बताए ।उनले नारायण नगरपालिकाले विकाश निर्माण देखि सामाजिक क्षेत्रमा थुप्रै काम गरेको जानकारी दिए । दादुरा रुबेलाविरुद्ध खोप अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न समेत उनले आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार