राष्ट्रिय एकता कायम गर्न सकिन्छ: प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सबै जातजाति र भाषाभाषीलाई सम्मान गरे मात्र राष्ट्रिय एकता कामयम गर्न सकिने बताएका छन् । सर्लाहीको बागमतीमा हिजो शनिबार आयोजित बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सबै जातजाति,भाषाभाषी,सबै बर्ग समुदाय धर्म र संस्कृतिलाई स्थापित गरे मात्र राष्ट्रिय एकता सुदृढ हुने बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको र विविधतामा एकता नेपालीको विशेषता भएको बताए ।

बागमती नगरपालिकाद्वारा आयोजित शिक्षा, स्वास्थ, रोजगार बृहत् शैक्षिक तथा संस्कृतिक महोत्सवमा सातवटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो ।

महोत्सवमा सहभागी अभिभावकहरुले ‘हामी सुधार्छौँ हाम्रो विद्यालय,‘‘सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी भन्ने नारासहितको ब्यानर र प्लेकार्ड बोकेका थिए।

नेपाली सेनाको हेलिकप्टरबाट सर्लाही आइपुग्नु भएका प्रधानमन्त्री दाहाल सम्बोधनपछि तुरुन्तै राजधानी फर्किएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द