मर्यादा, उद्घोषक र कार्यक्रम

समय उड्छ, यो नराम्रो खबर हो । तर, त्यसलाई उडाउने चालक तपाईं हो, यो राम्रो खबर हो । माइकल अल्टसुलरको भनाइ हो यो । हरेक कार्यक्रममा समयको सम्बन्ध हुन्छ । मर्यादाको ख्याल गर्नुपर्छ । निर्धारित समयमा कार्यक्रम चलाउन हाम्रो समाजमा कठिन नै छ । प्रयासचाहिँ गर्नुपर्छ । कार्यक्रमको मर्म बुझ्न र बुझाउन सक्नुपर्छ, प्रभाव पार्नुपर्छ ।

अनुभूतिका तीन माध्यम साहित्य, संगीत र कला हुन् । त्यसलाई कसरी प्रयोग गर्ने शब्दका तीन शक्ति अभिधा, लक्षणा र व्यञ्जनाले बुझाउँछ । कार्यक्रम सफल बनाउन कार्यक्रम सञ्चालक अथवा उद्घोषकको भूमिका महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा आयोजकले कार्यक्रमको लक्ष्य, उद्देश्य र लक्षित वर्गलाई पहिचान गर्न नसक्दा कार्यक्रम खल्लो हुने गर्छ । अझ कार्यक्रमको प्रकृतिले प्रभाव पार्छ ।

कार्यक्रमका आयोजक, प्रायोजक र सहकार्यका ’boutमा कमजोर ज्ञान भयो भने कार्यक्रम अपुरो हुन्छ । सार्वजनिक कार्यक्रममा गृह मन्त्रालयले मर्यादाक्रम तोकिदिएको हुन्छ । मर्यादाक्रम बुझ्न सकिएन भने कार्यक्रम अर्थपूर्ण हुँदैन । कतिपय व्यक्ति र संस्थाको मर्यादाक्रम नमिल्दा नकारात्मक भएको पनि हामी पाउँछौं । तसर्थ, सफल कार्यक्रम सञ्चालकमा मर्यादाक्रमको जानकारी हुनुपर्छ भने आयोजकले मर्यादा नतोकेका व्यक्तिहरूको समायोजन गर्न जान्नुपर्छ । कतिपय अवस्थामा जनप्रतिनिधिहरूको मर्यादा हुने तर तिनका राजनीतिक दलका प्रमुखहरूको मर्यादाक्रम नहुँदा कार्यक्रम चलाउन जटिल हुन्छ ।

अरूलाई किन सुन्ने ?
अनुभवले एउटा प्रश्न जन्माएको छ, अरूलाई किन सुन्ने ? यो प्रश्न हेर्दा सजिलो जस्तो लाग्छ, तर गहिराइमा जाने हो भने यो प्रश्नमा विविध पक्ष लुकेका देखिन्छन् । यहाँ सुन्ने कुरा आउँदा सुनाउने कुरा पनि आउँछ अथवा प्रस्तोता र स्रोता या दर्शकको कुरा आउँछ । भनिन्छ, असल वक्ता बन्नुभन्दा असल स्रोता बन्न कठिन छ । वक्ता त आफ्नै तरिकाले बोल्न सक्छन् तर सुन्नेलाई कति कष्ट हुन्छ होला ? यहाँ अरूलाई सुन्नका लागि बोल्ने र सुन्नेको सम्बन्ध कस्तो हुनुपर्ला ? यो मननयोग्य विषय हो । जब मञ्चमा मन्तव्य वा अतिथिहरूको भनाइ राख्ने बेला हुन्छ, तब स्रोतावर्गमा चहलपहल हुन्छ । आफ्नो सुरमा लाग्छन् । जब गीतसंगीत र साहित्यका बेला आउँछ, अब कार्यक्रमभित्र अर्को छुट्टै भिड जोडिएको जस्तो हुन्छ । कि मानिसको रहर गीतसंगीत र साहित्यमा बढेको हो या अरूको कुरा सुन्न नसकेको हो ? राम्रोसँग सुन्नका लागि हामीसँग थप क्षमता हुनु जरुरी छ । बोल्दा पनि विचार पु¥याउनुपर्छ । सुन्न पनि राम्रा कुरा मात्रै चाहिन्छ ।

मनोरञ्जनमा सबैको मन रमाएको हुन्छ । अरूले बोलेको कुरा सुन्दा ध्यान तथा एकाग्रता चाहिन्छ । अरूप्रतिको चासो र कौतूहलता चाहिन्छ । मानिसको स्वभाव धैर्य बन्न कठिन नै देखिन्छ । धीरता बन्न धेरै मेहनत गर्नुपर्छ । अरूको कुरामा थप आफ्ना विचार राख्न सुन्नुपर्छ । धाराबाहिक बोल्नु, विषयवस्तुमा बोल्नु, एकोहोरो भन्नुमा फरकफरक विशेषता हुन्छ । आफूले बोलेको कुरा अरूले सुन्दिए हुन्थ्यो जस्तो हामीलाई लाग्छ, तर अरूले बोल्दा हामीले के गरेर बस्ने गरेका छौं ? कसैको भाषण सुन्नुभन्दा कसैको गीत, कविता, गजल, मुक्तक सुन्न मज्जा लाग्छ । यसको अर्थ आफूलाई मनपर्ने कुरा सुन्न सकिँदोरहेछ ।

मनपर्ने चिज आउनेबित्तिकै सुन्न कठिन लागेन, सहज भयो । यसको अर्थ हामीले कलाको विकास गर्दा कसरी अरूले सुन्ने बन्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । आफ्ना कुरा अरू सामु प्रस्तुत गर्दा आफ्नो शैलीलाई परिवर्तन गर्न जरुरी छ । हाम्रो मुहारमा मुस्कान हुनु जरुरी छ । जबर्जस्तीको मुस्कान होइन कि वास्तविक परिवेशसँग मिल्ने मुस्कान दिन जरुरी छ । साथै विषयवस्तुका ’boutमा पर्याप्त ज्ञानको आवश्यकता पर्छ । कतिपय अवस्थामा हामी हाम्रा विचार जबर्जस्ती अरूमाथि थोपर्ने गर्छौं । जसको कारणले स्रोतामा सुन्न मन नलाग्ने हुनसक्छ । अतः हामी कसका लागि बोल्छौं ? लक्षित समुदाय कुन हो ? सर्वप्रथम पहिचान गर्नुपर्छ । अब त बोल्ने कलामा पनि
परिवर्तन ल्याउनुपर्छ ।

साहित्यको सहयोगबिना प्रस्तुत हुन कठिन पर्छ । मुक्तक होस्, गजल होस्, हाइकु, कविता होस् या गीतका टुक्रा, सुरुवातमा प्रयोग गर्नेबित्तिकै आमस्रोता र दर्शकको मन तानिन्छ । तसर्थ, वास्तविक मुस्कानका साथ आफ्नो सुहाउँदो हाउभाउलाई सुहाउँदो बनाएर स्रोता वा दर्शकसामु प्रस्तुत हुनुपर्छ । तपाईंका विषयवस्तुलाई तपाईंको आँखाले पनि निर्देश गरिरहेको हुन्छ । तपाईंको आँखामा चमक, स्रोता दर्शकप्रतिको प्रतिक्रिया र प्रस्तुति शैलीलाई मुस्कानले पनि प्रभाव पार्छ र नजरले पनि बोल्नुपर्छ । बोल्नुभन्दा पहिले पूर्वतयारी, पूर्वअभ्यास गर्न जरुरी छ । आफ्ना कुरा लाद्नुहुँदैन । को सुन्दै छ ? किन सुन्दै छन् ? ख्याल गर्नुपर्छ ।

औपचारिक कार्यक्रममा मर्यादाक्रमलाई कार्यान्वयन गर्नु आयोजकको जिम्मेवारी हो । मर्यादाक्रम अनुसार औपचारिक कार्यक्रममा सुरक्षाको समेत व्यवस्था हुने भएकाले मर्यादाक्रमलाई बुझ्न जरुरी छ । मुख्य आयोजकले कार्यक्रममा अतिथिको व्यवस्थापन गर्दा औपचारिक सरकारी कार्यक्रममा मर्यादालाई ध्यानमा राखेर मात्र निमन्त्रणा गर्नुपर्छ । नेपालको मर्यादाक्रमलाई पछिल्लो समय १६ वैशाख २०७६ मा राष्ट्रिय जीवनमा रहेका विभिन्न व्यक्तित्वलाई २२ वर्गमा विभाजन गरिएको छ ।

पदाधिकारीका पति वा पत्नीलाई आमन्त्रण गरिएको औपचारिक समारोहमा निजहरूको मर्यादाक्रम सम्बन्धित पदाधिकारीको मर्यादाक्रमनुसार नै कायम हुने उल्लेखसमेत छ । यदि, कुनै औपचारिक कार्यक्रममा उल्लेख नभएका महानुभावहरू भएमा के गर्ने भन्ने विषय अन्योलमा पर्नसक्छ । प्रचलित अभ्यासलाई हेर्ने हो भने स्वघोषित, राज्यप्रदत्त र आमजनताले स्वतस्फूर्त गरी तीन तरिकाले मर्यादा कायम गरेको देखिन्छ । तसर्थ, एक सफल उद्घोषक बन्नका लागि धेरै विषयको ज्ञान हुन जरुरी छ । जसमध्ये मर्यादाक्रम पनि एक हो ।

तपाइको प्रतिक्रिया
(Visited 491 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान