नेपाल जैविक विविधताको घर

नेपाल जैविक विविधताको घर हो । क्षेत्रफलका हिसाबले सानो भए पनि हावापानी, माटो, उचाइ, भौगोलिक विविधताका कारण यो मुलुक जैविक विविधताले भरिपूर्ण छ । यस मुलुकमा पहिचान भएका १ सय १८ पारिस्थितिकीय प्रणालीमा ८० वटा संरक्षण क्षेत्र प्रणालीभित्र रहेका छन् ।

मुलुकको कुल भूभागको १८ प्रतिशत क्षेत्र संरक्षित क्षेत्रभित्र रहेको छ । यो संरक्षित क्षेत्रमा नौवटा राष्ट्रिय निकुञ्ज, चारवटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्ष, तीनवटा संरक्षित क्षेत्रहरू र ६ वटा मध्यवर्ती क्षेत्र रहेका छन् । तराई, पहाड र हिमाली क्षेत्रका वन, वनस्पति र जीवजन्तुको संरक्षण गर्ने कार्यअन्तर्गत यी क्षेत्रको संरक्षण भइरहेको छ ।

वानस्पतिक विविधताअन्तर्गत ५ हजारभन्दा बढी फूल फुल्ने प्रजातिका वनस्पति, १ हजार ८ सय २२ प्रजातिका ढुसी, ४ सय ६५ प्रजातिका झ्याउ आदि रहेका छन् । त्यसैगरी, ६ हजार ८७ प्रजातिका एल्गी पनि भेटिएका छन् । चराको खानी नेपालमा ५२ प्रजातिका चरा अस्तित्वमा छन् । ६ सय ४० प्रजातिका पुतली नाचिरहेका भेटिन्छन् । १ सय ८२ प्रजातिका माछा, सय प्रजातिका घस्रने जीवजन्तुका साथै ४३ उभयचर प्रजातिहरू पाइने नेपाल आफैंमा जैविक विविधताको घर हो ।

फूल फुल्ने वानस्पतिक प्रजातिमध्ये ५ सय ७० प्रजाति जडिबुटीका रूपमा प्रयोग गरिन्छन् । सिंगो विश्वको शून्य दशमलव शून्य ३ प्रतिशत मात्र भू–भाग ओगटेको नेपाल पूmल फुल्ने प्रजातिका वनस्पति रहेको मुुलुकमा २६औं स्थानमा परेको छ । विश्वकै संकटापूर्ण अवस्थामा रहेका प्रजातिमध्ये २ प्रतिशत पूmल फुल्ने वनस्पतिहरू नेपालमा मात्र छन् । त्यसैगरी, ८ प्रतिशत चरा र ४ प्रतिशत स्तनधारी जीवजन्तु नेपालमा मात्र बाँकी रहेका छन् ।

साइटिस अनसूचीमा १५ प्रजातिका वनस्पति, ५८ प्रजातिका स्तनधारी जन्तु, ४० प्रजातिका चरा, १३ प्रजातिका घस्रने प्राणी, १ प्रजातिको उभयचर, २ प्रजातिका कीरा समावेश रहेका छन् । आईयूसीएनको रातो सूचीमा नेपालमा रहेका २८ स्तनधारी प्रजाति, २२ चरा प्रजाति, ९ घस्रने प्रजाति, २ कीरा प्रजाति नेपालमा रहेका छन् । त्यसैगरी, ३ सय ४१ वनस्पति प्रजाति र १ सय ६१ जीवजन्तु प्रजाति नेपालमा मात्र रहेका देखाइएको छ ।

हाल नेपालमा ६० वनस्पति प्रजाति संकटापन्न अवस्थामा छन् । जैविक विविधतामा धनी नेपालका पहाडी क्षेत्र बढी संरक्षण गरिनुपर्ने अवस्थामा छ । तर, यसका ’boutमा सरकार त्यति चनाखो भएको देखिँदैन । स्थानीय जनताको सक्रिय सहभागिताबिना यी काम अधुरा र अपूरा देखिन्छन् । हाल नेपालमा सफल भएको भनिएको स्थानीय जनताको प्रत्यक्ष सहभागितामा सफलतापूर्वक अघि बढेको सामुदायिक तथा कबुलियती वन नै हो ।

यस अतिरिक्त नेपालमा पाइने वन्यजन्तु, वनस्पति, चरा, सरिसृप, उभयचर र पुतली प्रजातिमध्ये कतिपय प्रजातिहरू राज्यले बेला न कुबेला गर्ने नीतिगत निर्णय र परिवर्तनका कारण संरक्षण हुनबाट बञ्चित हुन पुगिरहेका छन् । मुलुकमा हुने सरकार परिवर्तन, ती परिवर्तित सरकारले देखाउनका लागि गर्ने गरेको नीति परिवर्तनले पनि कम अप्ठ्यारो पारिरहेको छैन ।

जैविक विविधताको संरक्षण सरकार परिवर्तनजस्तो केही महिनामा भइहाल्ने र अर्को महिनामा ढालिहाल्ने वा सकिइहाल्ने कुरा होइन । त्यसैले, नेपालमा चल्ने लहडी खालको राजनीतिक परिवर्तन, भौतिक विकासका नाममा गरिइरहेको विध्वंश, वैश्विक रूपमा भइरहेको जलवायु परिवर्तन पनि जैविक विविधताको शत्रु बनिरहेको छ । स्थानीय क्षेत्रमा हुने मौसम परिवर्तन, प्रदूषण, बसाइँसराइ, जन्तु जनावरको बासस्थान विनाश, जनसंख्या वृद्धि, बढ्दो बजारीकरण, अनियन्त्रित वन पैदावार पनि अर्को डरलाग्दो कारक बनिरहेको छ । अवैज्ञानिक रूपमा काठ संकलन, डढेलो, अनियन्त्रित चरिचरन र वन्यजन्तुको चोरी तथा अवैध व्यापारका कारण नेपालजस्तो जैविक विविधताको घरबाट यी क्रमशः लोप हुँदै जान थालेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड