दैलेख । गाला चाउरिएर घुजा परेका छन् । यो उमेरमा अधिकांश बुढापाका घरको बार्दलीमा बसेर नाति नातिनी खेलारहेका हुन्छन । कोही आफ्ना सन्ततिलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् । तर ठाटीकाँध –२ जयबहादुर शाही भने राष्ट्रिय वन रोकथामको लागि दिनहुँ सबेरै जंगल जाने साँझ घर फर्किने गर्दछन् ।
शाही सोही वडामा पर्ने सालघारी राष्ट्रिय वनका वनहेरालु हुन् । विहान भालेको डाकोसँग उठ्ने गर्दछन, ठाटीकाँध गाउँपालिका–२ का ६८ बर्षिय प्याडुलीका शाही । हातमा लट्ठी, घाँटीमा सिटी झुण्डाएर दिनहुँ वनतिर लाग्छन् । चाहे पुस माघको कठायाँग्रिने जाँडो होस वा बैशाख जेष्ठको उखरमाउलो गर्मी । खैरो जाकेट, ऊनीको टोपी ग्यामबुट शाहीको यो नियमित पहिरन हो ।

शाही वन हेरालु हुनुभन्दा अगाडी सालघारी राष्ट्रिय वनमा साल, सल्ला मात्र थिए, जंगलजस्तो पनि थिएन । स्थानीय बासिन्दाले जथाभावी साल सल्ला काट्ने गरी टाठावाठाहरुले विक्री गर्न थालेपछि नेपालको ‘हरियो वन तस्करहरुको धन’ जस्तै भएको थियो । गाउँका मानिस जथाभावी जंगल फडानी गरेर काठ साविकको छिमेकी गाविस विशाला, पिपलकोट तिलेपाटामा बिक्री वितरण गर्ने गरेका थिए ।
चौपाय छाडा छोडनाले पनि वन मासिएको स्थानीयबासीको भनाई छ । राष्ट्रिय वन बालुवा उत्खनन गरिएको नदीको बगर जस्तो देखिन्थ्यो । जंगल फडानीसँगै पानीका मुल पनि सुके । प्याडुली बस्तीमा पानीको समस्या भयो । तत्कालिन समयमा एसियाली विकासको बैंकको सहयोग कोसेडी, प्याडुलीमा हुईतादेखि पानी पनि ल्याए । तर त्यो सञ्चालन भएको बर्षदिन नपुग्दै बन्द भयो, फेरि पानी आएन । फडानी भएको वनको रोकथामको लागि गाउँलेहरुले जयबहादुर शाहीलाई चौकीदार बनाए ।
आजभोली त्यो साल सल्ला बाँस निगालो,अमिस्रोले वन हराभरा भएको छ । पानीका मुल फुटेका छन् । मुल फुटेपछि त्याडुली बस्तीका सालघारी राष्ट्रिय वन वरदान साबित भइदिएको छ । निगाला, बाँस र अम्रिसोबाट त्यहाँका उपभोक्ता डोको डालो, कुचो बनाएर बनबाट आम्दानी गर्न थालेका छन् । बल्ल नेपालको हरियो वन,गाँउहरुको धन भएको वडाअध्यक्ष रुपलाल विश्कर्मा बताए । उनले भने, “उहाँ विना वन रोकथाम सम्भव छैन । पुरानो वडाअध्यक्ष भएकाले पनि उहाँको भनेको मान्छन् । लयमा लाग्छ । नत्र वन फडानी गरेर हैरान पार्छन ।”
वन हेरालु शाही भने विहानको ताजा खाना कहिल्यै खान पाउँदैनन् । कतिपय दिन त भोकै बसेको छु । विहान घाँस काट्नेलाई लखेट्दा लेखेटदा दुई तीन बज्छ । विहानको खाना तातो बनाएर खान्छु,ताजा खाना खाने बेलुका मात्र हो कति दिन त दिनभरि थकाई मेटाउदा बेलुका खानासमेत खाना सक्दैन,उनले पिडा सुनाए ।
७ बर्षदेखी एक बर्षमा दुई पाथी अन्नको पारिश्रमिक लिने गरेका शाही एक सिजनमा २ बोरा अन्न उठने गरेको बताए । गत बर्षदेखी वनहेरालुलाई गाउँपालिकाले प्रत्येक महिना १५ हजार पारिश्रमिक दिने भने पनि आफुले १३ हजार मात्र पाएको शाहीले दुखेसो पोखे ।
मैले दुःख र मेहनेत अनुसार ज्याला पाएकै छैन । पारिश्रमिक नपाउँदा हेर्न छाडिदिऊँ लाग्छ तर आफुले छोडेपछी कतै सबै जङ्गलको फेरी विनास त हुने हैन । आँफुले बन हेर्न छाडिदिने हो भने अरुले नहेर्ने वन विनास हुने चिन्ता शाहीले भने ।
एक जनाले राष्ट्रिय वन बचाउन बुढेकालमा डिउटी दिदा पनि गाउँका मानिसले भनेको नमान्नु जनचेतनाकै कमी भएको वनहेरालु भनाई छ । वनलाई रोकथाम गरे सबै समाजलाई फाइदा हुने कुरा स्थानीयबासीमा जगाउनुपर्छ ।
तर स्थानीय बासी भने वनको एसिया कम भएकाले थोरै थोरै उपभोग गर्दा नांगो देखिएको बताउँछन् । वन रोकथाम गर्ने सबैको चाहना हो । चौपायसँगै वन कसरी रोकथाम गर्ने त्यो विधि अपनाउनुपर्छ, स्थानीयबासी टेकबहादुर सुनारले बताए । वनहेरालु शाही २०५४ सालमा वडा –३ को लकान्द्र गाविसको विजय वडाअध्यक्ष हुन् ।






