गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत ’bout सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् ।

आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले पाएको ३० मतलाई नै बहुमत पुगेको भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभा सदस्यको प्रश्नको जवाफ दिन सभामुख अर्यालले गरे प्रधानमन्त्री शाहलाई रुलिङ