मुगुको यार्सा पाटनमा लेक लागेर ५ को मृत्यु

मुगु । मुगुको पाटनमा यार्सा संकलन गर्न गएका ५ जनाको लेक लागेर मृत्यु भएको छ। जेठ १५ गतेदेखि यार्सा पाइने पाटन क्षेत्र संकलनकर्ताहरुका लागि खुल्ला गरेपछि पाटन क्षेत्रमा पुगेका यार्सा संकलकहरुमध्ये पाँच जनाको उपाचर गर्न ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको हो । लेक लागेर बिरामीको संख्या बढ्न थालेपछि जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली मुगुम कार्मारोङ गाँउपालिका-२ मुगुम गाउँ हिंडेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले दिएको जनाकारी अनुसार बैशाख २६ गतेदेखि जेठ २० गतेसम्म लेक लागेर यार्सा संकलन गर्न पुगेका पाँच जनाको मृत्यु भएको हो। लेक लागेर मृत्यु हुनेहरुमा बैशाख २६ गते जुम्ला जिल्ला पातारासी गाँउपालिका—३ का २७ बर्षिय सुर्य रावतको मृत्यु भएको थियो। लेक लागेर उपचार गर्न सदरमुकाम गमगढी ल्याउँदै गर्दा जेठ १८ गते छाँयानाथ रारा नगरपालिका-१२ का २९ वर्षीय मानबहादुर बुढा, सोही वडाका २१ वर्षीय सुमन बुढा र सोही वडाकै २४ वर्षीय राजन सावत र वडा नम्बर १० का २० वर्षीय देबराज बुढाका जेठ १९ गते उपचार गर्न सदरमुकाम गमगढी ल्याउँदै गर्दा बिच बाटोमा मृत्यु भएको थियो।

लेक लागेर पाँच जनाको मृत्यु भएको र अन्य संकलनकर्ता समेत बिरामी पर्न थालेपछि जिल्ला अस्पातलबाट डाक्टरको टोली मुगु गाउँतिर हिजो आइतबार बिहान नै उपचारको लागि गएको जिल्ला प्रशासन कार्यलय मुगुका साहेयक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल