सिन्धुली । आइतबार फिक्कल गाउँपालिका वडा नं. ५ झगडेवेशीमा मोटरसाईकल दुर्घटना हुँदा एक एकजना प्रहरीको मृत्यु भएको छ भने एक जना प्रहरी गम्भिर घाईते भएका छन ।
फिक्कलको सोल्पाडाँडाबाट गस्ती गर्दै रत्नावती प्रहरी चौकी तर्फ फर्कने क्रममा दुईजना प्रहरी सवार ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको कमला नगरपालिका–९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो ।
यसैगरी दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका–७ घर भई रत्नावती प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भिर घाइते भएका छन् ।
ठाकुरको गोलञ्जोर ७ खुर्कोटमा रहेको खुर्कोट सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईते श्रेष्ठको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताएका छन । उनका अनुसार घाईतेको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने तयारी भईरहेको काफ्लेले बताए ।
मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।






