अर्घाखाँचीमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु ,२ जना घाइते

अर्घाखाँची । गएराती अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ देउरालीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु छ ।मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटका टिप्पर चालक२६ वर्षिय रामलाल पुरी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

छत्रदेव ७ देउराली तम्घास सडकमा देउरालीबाट नेटा जाँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिप्पर सडक देखि करिब ६० मिटर तल खस्दा दुर्घटना भएको हो ।मृतक पुरीको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी ईश्वरी अधिकारीले जानकारी दिए ।

यस्तै दुर्घटनामा अन्य २ जना घाइते भएका छन । घाइते हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय रिसभ केसी र शितगंगा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय नविन घिमिरे रहेका छन । दुबै जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु