रारातालमा डुबेर एक जनाको मृत्यु

मुगु । रारातालको किनारमा पौडी खेल्ने क्रममामा तालमा डुबेर एक जनाकाे मृत्यु भएको छ । रारातालको पुर्बी भागमा पर्ने ठाकुर नाथ स्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका -५ का २१ वार्षिय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो ।

मृतक रावल रारा ताल किनारमा निर्माणधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीहरु सङ्ग घर फर्कने क्रममा उनी सहित अरु साथीहरुले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिएका हुन ।

दिउसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मा बाट २ वटा डुङ्गाबाट नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमान स्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि पुगि लास तालबाट बाहिर निकालेका थिए ।

घटनाको मुचुल्का पछि लासको पोस्टमाटमका लागि जिल्ला अस्पताल ल्याउन लागिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम