नेपाल विश्वकै पर्यटकीय देश हो । विश्वका उत्कृष्ट पर्यटकीय स्थलहरु रहेको नेपाल पृथ्वीको स्वर्ग समेत भन्दा अत्युक्ति नहोला । यहाँका अनेकौ हिमाल र मन्त्र मुग्ध पार्ने प्राकृतिक वस्तुहरुको उचित प्रचार प्रसार हुन नसक्दा नेपाल आउने पर्यटकको संख्या बढ्न सकेको छैन । सरकारले नेपालको पर्यटकीय स्थलहरुको विदेशमा प्रचार प्रसार त परै जाओस् आएका पर्यटकलाई समेत राम्रोसँग नेपालको ’boutमा बुझाउन सकेको छैन ।
यसरी देशमा अथाह पर्यटनको सम्भावना हुँदा हुँदै पनि पर्यटक आर्कषित नभएको भन्दै दुई युवाले आफ्नै खर्च र पहलमा नेपालमा पर्यटक भित्र्याउन नयाँ जुक्ति निकालेका छन् । दुई युवा दिपक लम्साल र मनिराम अधिकारले विश्व यात्रा गर्दै नेपालको पर्यटन प्रर्वद्धन गर्ने जुक्ति निकालेका हुन् । उनीहरुले यसअघि पनि छिमेकी मुलुक भारत, चीन, बंगलादेश, सिँगापुर, थाइल्याण्ड र युरोपका केही देशहरुको भ्रमण गरिसकेका छन् ।
‘हामी आफैले सवारी साधन चलाएर भ्रमण गर्दा हाम्रो अन्य देशका बासिन्दाहरुसँग हुने प्रत्यक्ष सम्बन्धले हामीलाई हाम्रो आफ्नो देशको ’boutमा प्रचारप्रसार गर्न निकै सहयोग पुग्छ,’ लम्सालले भने, ‘हाम्रो यात्राको क्रममा नेपालको गौरवमय तथा अद्वितीय राष्ट्रिय झण्डा फहराउँदै सगरमाथा र भगवान गौतमबुद्धको जन्मभूमि नेपाल देशको सन्देश विश्वका विभिन्न देशका जनतासमक्ष पु¥याउन पाउँदा हामी आफूलाई गौरवान्वित भएको अनुभूति गर्नेछौँ ।’
आफ्नै सवारी साधनमा विदेश भ्रमण गर्दा त्यहाँका बासिन्दाले उनीहरुप्रति बढी चासो राख्ने र त्यस क्रममा आफ्नो देशको ’boutमा प्रचार प्रसार गर्न सहयोग पुग्ने गरेको अर्का युवा लम्साल बताउँछन् । यसअघि आफ्नै पैसामा घुमेका युवाहरु अब भने नेपालबाट भारत हुँदै पाकिस्तान जाने तयारीमा छन् ।
‘हाम्रो यात्राको क्रममा नेपालको गौरवमय तथा अद्वितीय राष्ट्रिय झण्डा फहराउँदै सगरमाथा र भगवान गौतमबुद्धको जन्मभूमि नेपाल देशको सन्देश विश्वका विभिन्न देशका जनतासमक्ष पु¥याउन पाउँदा हामी आफूलाई गौरवान्वित भएको अनुभूति गर्नेछौँ,’ लम्साल भन्छन्, ‘हामीले यसै प्रयोजनका लागि सवारी साधन चलाउन अन्तराष्ट्रिय सवारी चालक अनुमतिपत्र पनि प्राप्त गरिसकेका छौँ ।’ यस साता भारत हुँदै पाकिस्तान निस्कन लागेको लम्सालले जानकारी दिए ।
‘हामी हाम्रो सवारी साधनमा बाटोबाट भारत गई पाकिस्तान प्रवेश गर्ने योजना र पाकिस्तानबाट इरानको बाटो हुँदै विश्व भ्रमणमा जाने कार्यक्रम रहेको थियाे ’ उनले भने, ‘इरान र इजराइल लगाएत अन्य देशसँग भएको द्वन्द्वले गर्दा इरानबाट अगाडी जाने कार्यक्रम रद्ध भयो ।’ हाललाई पाकिस्तान सम्म पनि जाने कार्यक्रम तय भएको अधिकारीको भनाइ छ । ‘विश्व राजनीतिमा विभिन्न देशहरुबीच द्वन्द्व चर्किदै गएका कारण पनि हाललाई यात्रा छोट्याउनु परेको हो,’ अधिकारीले भने ।






