विपी राजमार्ग र मदनभण्डारी राजमार्ग अवरुद्ध

सिन्धुली । अविरल वर्षाका कारण गएको पहिरो र बाढीका कारण जिल्लाका दुई वटा राजमार्ग अवरुद्ध भएका छन । मदनभण्डारी राजमार्ग र विपी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको हो ।

हरिहरपुरगढी गाउँपालिकाको हाक्पारामा पहिरो जाँदा मदनभण्डारी राजमार्गको हेटौडा सिन्धुली खण्ड अवरुद्ध भएको छ ।

यस्तै काभ्रेको माम्तीखोलामा आएको बाढीका कारण विपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार सडक खुलाउन हाक्पारामा पहिरो हटाउने प्रयास भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै