कपिलवस्तु अस्पतालमा प्रतिवन्धित औषधि मेसुको क्लिनिकमा बिक्री

कपिलवस्तु । कपिलवस्तु अस्पताल फार्मेसीको औषधी निजी क्लिीनिकमा लगेर बिक्री भएको रहस्य खुलेको छ । अस्पतालका पूर्व मेसु डा. विपिन जयसवालले अस्पताल फार्मेसीको औषधी निजी क्लिनिकमा सुटुक्क बिक्री गर्ने खुलासा भएको हो । मेसु जयसवाल, उनका भाइ डा. विकास जयसवाल र विनय जयसवालले तौलिहवा वजारमा संजिवनी क्लिनीक संचालन गरेका थिए । २०८० जेठको अन्तिम साता डा. विपिन अस्पतालको मेसु भए पछि साउन देखी क्लिनीक सञ्चालन गरेको स्रोतको दाबी रहेको छ ।

लागु औषधमा प्रयोग हुने औषधिसहित २५ लाख बढीको औषधी फार्मेसीबाट गायव

अस्पतालबाट सञ्जिवनी क्लिनीकको नाममा १९ पटक औषधी बिक्री गरिएको छ । अस्पतालले टेण्डर गरि खरिद गरेको औषधी डिस्टिव्युटर्स भन्दा सस्तो पर्ने भए पछि अस्पतालबाट बिल काटेर औषधी निजी क्लिनीकमा पुराइएको थियो । फाल्गुन देखी माघ महिनामा औषधी लगिएको थियो । यसै गरी डा जयसवालले अस्पतालको नाममा विल काटेर निजी क्लिनीकमा औषधी लगेको प्रमाणले देखाएको छ । अस्पतालका नाममा ४१ पटक बिल काटिएको छ । एक पटकमा एक लाख सम्म औषधीको विल काटिएको छ । तर सञ्जिवनी क्लिनीकले अस्पतालबाट कुनै औषधी नलगेको डा विकास जयसवालले बताउनु भयो ।

ड्रग्सको रुपमा प्रयोग गर्ने औषधी समेत लगियो
अस्पतालले नार्कोटिक्स र साइकोट्राफिक औषधी समेत नियम विपरित बिक्री गरेको छ । सञ्जीवनी क्लिनीकको नाममा ती औषधी होलसेलमा बिक्री गरिएको छ । चिकित्सकको सिफारिस विना बिक्री गर्न नपाईने ओल्प्राजोर्म, क्लोमोजीपार्म जस्ता नशा लगाउने औषधी समेत अस्पतालबाट लगिएको छ ।अस्पतालबाट मात्र बिक्री गर्न पाइने टर्माडोल समेत निजी क्लिीनिकलाई बिक्री गरिएको छ ।

अस्पतालले टेण्डर गरी औषधी खरिद गर्ने भएको ले डिस्ट्रव्युटर्स भन्दा धेरै सस्तो मूल्य पर्न जान्छ । केही औषधी डिस्ट्रीव्युटर्स भन्दा ३ देखी ४ गुणा सस्तो रहेको छ । त्यस्ता औषधी जयसवालले अस्पतालबाट खरिद गरेका छन् । औषत ५ रुपैया पिस पर्ने पेन्टाप्राजोल १ रुपैया ६० पैसाको दरले किल्निकले एकै पटक २ हजार पिस खरिद गरिएको छ । हाम्रो किल्निकमा नार्कोटिक औषधी अहिले सम्म बेचेका छैनौ । अस्पतालको फार्मेसिले विलीङ गरेको कुरा आफुलाई थाहा नभएको डा विकासले स्पष्ट पार्नु भयो ।

फार्मेसीबाट गायव छन् प्रतिवन्धित औषधि
पूर्व मेसु विपिन जयसवालले २०८० साउन विरेन्द्र प्रसाद गुप्तालाई फार्मेसी अधिकृतमा नियुक्ती गरेका थिए । गुप्ताले सम्हालेको एक वर्षमा फार्मेसीमा नियम उल्लंघन गरी काम गरिएको प्रमाण भेटिएको छ । अघिल्लो आर्थिक वर्षको औषधीको लेखाजोखा गर्नका लागी अस्पतालका व्यवस्थापक मेनका राना सहितको टोली खटिएको थियो । लेखाजोखा गर्न बसेको टोलीले २५ लाख बरावरको औषधीको हिसाव गोलमाल भएको फेला परेको छ । गोलमाल हुने औषधीमा लागु औषधमा दुरुपयोग हुने नार्कोटिक्स तथा हिप्नोटिक्स औषधी समेत रहेका छन् । जुन चिकित्सकाको सिफारिस विना विक्री गर्न समेत प्रतिबन्धित छन् ।

फार्मेसीबाट ७ हजार पिस खरिद भएको क्लोनाजेपाम ०.५ एमजी मा ५ हजार ६ सय ३९ पिस औषधी गायव भएको छ । यसै गरी क्लोनाजेपाम ०.२५ एमजीको औषधी १ हजार पिस समेत गायव भएको छ । ९ सय पिस खरिद भएको क्लोवाजाम ०.५ एमजी मध्ये ७ सय २९ पिस फार्मेसीबाट गायव भएको छ । यी औषधी खादा नशा लाग्ने भएको हुनाले लागु औषध दुव्र्यसनीमा समेत प्रयोग हुने गर्दछ ।

अस्पतालले मात्र बिक्री गर्न पाउने नियम रहेको ट्रामाडोल ५० एमजी इन्जेक्सन समेत अस्पतालबाट गायव गरिएको छ । डोल्मा १ सय पिस र नेमाडोल ८५ पिस फार्मेसीबाट गायव भएको छ । प्रेसर रोगीको उपचारमा प्रयोग हुने एम्लोड लोस्टारोन ९ हजार थान, एटोरभास्टीन ११ हजार ५ सय ९८ थान, एटोरभास्टिन १० एमजी ८ हजार ८८३ थान, मेटोकोल्प्रामाइप १० एमजी ३हजार४८९ थान, एस्प्रिन १५० एमजी २२४६ थान, इस्माप्राजोल ४० एमजी २६०८, सेफोडोक्सी माइन सिभी १८४७ थान लगायतका औषधी फार्मेसीबाट हराएको छ । क्यानुला फिक्सर १८२३ र क्यानुला(२२) ११२३ थान सेनेटरी प्याड १५ सय र ईन्जेक्सन ५ सय थान समेत गायव गरिएको छ ।

बोल्न चाहँदैन अस्पतालका कर्मचारी
कपिलवस्तु अस्पतालमा कार्यरत कर्मचारीले फार्मेसीबाट हराएका औषधिको विषयमा केही बोल्नै चाहादैन्। अस्पतालका प्रशासन प्रमुख योगेन्द्र नाथ चौधरीले औषधिको ’boutमा आफूलाई कुनै जानकारी नरहेको बताए। उनले स्टोरको समेत जिम्मेवारी लिएका छन्। अस्पतालले गरीद गरेको औषधि र बिक्री गरेको औषधिको सम्पूर्ण जानकारी फार्मेसी इन्चार्ज वीरेन्द्र प्रसाद गुप्ताले चौधरीलाई लिखित जानकारी दिनु पर्ने रहेता पनि अस्पतालका प्रशासन प्रमुखलाई नै पूर्व मेसु जयसवाल र फार्मेसी इन्चार्ज गुप्ताले वाहेय्स गरेर काम गरेको उनले बताए। उनले पूर्व मेसु जयसवाल आए देखि फार्मेसीमा कति औषधि आए र गए यसको आफूलाई कुनै जानकारी नभएको बताए। यता व्यवस्थापक मेनका मगरले आफूले कर्मचारीको व्यवस्थापनलाई मात्र हेर्ने बताउँदै उनले भनिन् “औषधिमा फल्ट भेटिएको छ, त्यसलाई पुन रि काउन्ट गर्दै हुनुहुन्छ, यस विषयमा केही बोल्दिन। ”

फार्मेसी इन्चार्ज रहेका विरेन्द्र प्रसाद गुप्ताले आफुले अनाधिकृत कार्य नगरेको र कसैले बदनाम गराउनका लागि आफु नभएको समयमा औषधि बेचेको हुन् सक्ने गैर जिम्वेवार जबाफ दिएका छन।

अस्पतालले निजी क्लिनिकलाई औषधि विक्री गर्न मिल्छ ? भन्ने राजधानी कर्मी गैरेको प्रश्नमा अस्पतालका मेसु डा किशोर बन्जाडेले अस्पतालले बिरामी सेवा ग्राही बाहेक अन्य कुनै क्लिनिकमा औषधि विक्री गर्न नमिल्ने बताए। उनले अस्पतालको औषधि निजी क्लिनिक र अस्पतालकै नाममा धेरै पटक बिल काटेर गएको देखिएको बताउँदै उनले भने “हामीले यस ’boutमा बुझ्दै छौ फार्मेसी इन्चार्ज वीरेन्द्र प्रसाद गुप्तालाई औषधिको सम्पूर्ण रिपोट लिखित रूपमा बुझाउन १ हप्ताको समय दिइएको छ, त्यस पछि हामी अगाडि बढ्छौ।“ गल्ती गर्ने जो कोही भए पनि सजाएको भागीदार हुने बताए।

तपाइको प्रतिक्रिया
(Visited 949 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी