डब्बु र नारायणको ‘तिमीलाई नै …’ सार्वजनिक

काठमाडौं । राजधानीकर्मी तथा गीतकार डब्बु क्षत्रले आफ्नो रचनामा नयाँ गीत तिमीलाई नै…को भिडियो सार्वजनिक गरेका छन् । केही वर्षअघि रेकर्ड भएर गीतिसँग्रह अजम्बरी समेटिएको यो गीतको भिडियो यतिबेला तयार गरेर दर्शकमाझ ल्याईएको हो । भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तिमीलाई नै…लाई सिन्धुलीका गायक नारायण थापाले गायका हुन् । गीतमा संगीत पनि नारायणकै छ । थापा गायकको रुपमा लोकप्रिय भए पनि उनी बेला बेलामा संगीत सृजना पनि गर्छन । गीतलाई म्युजिक किचनमा रेकर्डिङ गरिएको हो । जसमा राजेन्द्र बजगाईको संगीत संयोजक र मनोज परियारको मिक्सिङ रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र कलाकार तथा मोडल प्रतीक्षा काफ्लेको अभिनय छ । उनीहरु भिडियोमा रोमान्चित देखिएका छन् । भिडियोलाई सर्लाहीको भरतताल लगायत विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । जसमा बीरेन्द्र भाट विपिनको सम्पादन, शर्मिला बुढाथोकीको मेकअप, प्रविण सुवेदीको छायाँकन, कृष्ण रसालले कोरियोग्राफी र गीतकार डब्बु क्षत्रीकै निर्देशन रहेको छ ।

गायक नारायण थापाले आफ्नो पहिलो गीतिसँग्रह अजम्बरीमा यो गीत समेटेका थिए । संग्रहमार्फत उनले यो गीतलाई यसअघि नै ल्याए पनि यसको म्युजिक भिडियो भने बनाएका थिएनन् । सोही गीत यतिबेला भिडियोको रुपमा दर्शकमाझ आएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

टाइब्रेकरमा चुक्यो एन पेनाङ, मच्छिन्द्र सेमिफाइनलमा