अर्घाखाँचीमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा महिला गम्भीर घाइते

अर्घाखाँची । अर्घाखाँचीमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन । जिल्लाको भुमिकास्थान नगरपालिका–८ ताराखसेकी ६५ वर्षिय तेजकला पौडेललाई अज्ञात ब्यक्तिले गत शुक्रबार बेलुका धारिलो हतियार प्रहार गरेको थियो ।

घाइते पौड्ेलको टाउको,गाला,गर्धनमा चोट लागेको छ ।जिल्ला अस्पताल अर्घाखाँचीमा सामन्य उपचारपछि गएराति थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।

घटनाको अनुसन्धान भैरहेको उनले बताए । घरमा एक्लै बस्दै आएकी पौडेलका एक छोरा रोजगारीको लागि विदेशमा छन भने एक छोरीको विवाह भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी