रारामा पर्यटकको सख्या बढ्दो, एक बर्षमा १७ हजार पुगे

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल ताल रारा घुम्न आउने आन्तरिक पर्यटक बढेका छ्न् ।

आर्थिक वर्ष ०८०/८१ को साउनदेखि असार मसान्तसम्म १७ हजार २९७ पर्यटक रारा पुगेका छन्। जसमध्ये आन्तरिक १७ हजार, सार्क राष्ट्रका ६० जना र अन्य देशका २३७ जना रहेकाे रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटुका निमित्त संरक्षण अधिकृत जयहरि धितालले जानकारी दिए।

अघिल्लो वर्षभन्दा आव ०८०/८१ मा रारा पुग्ने पर्यटकको संख्या ६ हजारले बढेको छ। आर्थिक वर्ष ०७९/८० मा ११ हजार पर्यटक रारा पुगेका थिए। सो अवधिमा निकुञ्ज कार्यालयले ४५ लाख ९८ हजार ८७१ रुपैयाँ राजस्व संकलन गरेको छ।

पछिल्लो समय अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्गबाट दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा आउने गरेका छन्।
रारामा यो सिजन बर्षाको भए पनि रारा हेर्न र गुम्न अति उत्म मानिन्छ । साथै राराताल वरिपरि हरियाली र फूल फुलेका मनाेरम दृश्य पनि पर्यटकले अवलोकन गर्ने गर्छन।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक