टिकटक प्रतिबन्ध फुकुवा निर्णय

काठमाडौं । सरकारले नौ महिनादेखि लगाएको चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । केही दिनअघि टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेको थियो । त्यसलगतै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि टिकटकमाथिको प्रतिबन्ध हटाउने’bout छलफल भएको थियो ।

छलफल सकारात्मक बनेसँगै बिहीबार बसेको मन्त्रिपरिषद्ले यसअघि सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार नेपाल सर कारले राखेको सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध फुकुवा गरिएको हो ।

त्यस्तै, सरकारले पर्यटन प्रवर्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आईटीबेस बनाउन सहयोग गर्नुपर्ने, कन्टेन बनाउँदा भाषाको फिल्टरिङ गर्नुपर्ने सर्त राखेको उनले बताए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सर कारले २७ कात्तिक २०८० सालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पु-याउन भूमिका खेलेको’ भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताले टिकटक चलाउने गरेका थिए । टिकटक प्रतिबन्धविरुद्ध सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको भन्दै सर्वोच्चमा आधा दर्जन रिट पनि परेको थियो ।

अदालतले प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न माग गरिएका मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकृतका अनुसार टिकटकले नेपालमा प्रतिबन्ध खुलाउन धेरैवटा पत्र पठाइसकेको थियो । सरकारलाई पठाएको इमेलमा आफूलाई घाटा लागेको र नेपाललाई पनि आर्थिक रूपमा क्षति भएको व्यहोराको पत्र पठाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 643 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश