धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनावारे छानबिन गर्न समिति गठन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले मन्त्रीस्तरीय निर्णयअनुसार गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताए ।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर ध्वजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भन्दै भिडियो सार्वजनिक भएपछि घटना विवादमा परेको थियो । सो घटनापछि प्रदेश सरकारले गम्भीर रूपमा लिँदै छानबिन समिति गठन गरेको हो ।
सचिव कोइरालाका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कारबाही गरिनेछ । घटना’bout अनुसन्धानका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
सम्बन्धित समाचार
बिहानै मदिराले मातेपछि…
गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
९ बुँदे टीकापुर सन्देशपत्र जारी, संघीयता कार्यान्वयन र संसद सुदृढीकरणमा जोड
रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना
व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
बाढीमा बगेर दुई महिलाको मृत्यु





