पत्रकार शर्मालाई पितृशोक

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको छ । शर्माका पिता लिलाध्वज स्वारको गएराति उनको निवास भक्तपुरमा निधन भएको हो । वि।स। २००० माघ १९ गते जन्मिएका शर्माका पिता विगत १६ महिनादेखि मेरुदण्डको पक्षघातका कारण ओछ्यान परेका थिए।

लडेर मेरुदण्ड भाँचिएका स्वारको सिभिल सर्भिस अस्पताल बानेश्वरमा शल्यक्रिया गरिएको थियो भने त्यस लगत्तै स्वारलाई काभ्रेपलान्चोकको साँगास्थित स्पाइनल इन्जुरी रिहाविटेशन सेन्टरमा डेढ महिना राखिएको थियो ।

पछिल्लो चरणमा घरमै आराम गरिरहेका स्वारको स्वास्थ क्रमशः कमजोर बन्दै गएको थियो। उनको आईतबार विहान पशुपति आर्यघाटको विद्युतीय शव दहन गृहमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले जानकारी दिए।

केन्द्रीय सदस्य शर्मा तत्काली सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहका तथा समाचार दैनिक अनलाइनका सम्पादकसमेत हुन्। दिवंगत स्वारका पत्रकार शर्मासहित ५ सन्तान छन्।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट