अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

????? ??????????????? ??????????? ??????? ?????? ?????? ??????? ????? ??????? ??? ????????? ? ????? ????? ????? ??????? ?????? ?????, ????

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानलाई प्रोत्साहन गर्न विभिन्न सेवा शुल्कमा छुट दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै २०८५ साल भदौ मसान्तसम्म यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय भएको जानकारी दिए ।

यस्तै, सोही अवधिसम्म ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

सरकारले यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संख्या बढाउने, हवाई सेवा प्रदायक कम्पनीलाई आकर्षित गर्ने तथा विमानस्थलको व्यावसायिक उपयोग बढाउने उद्देश्यका साथ उक्त निर्णय गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव