मंकीपक्सदेखि साधान !

मंकीपक्स सरुवा रोग हो । यो सबैभन्दा पहिले बाँदरमा देखिएकाले यसको नामकरण पनि सोहीअनुरूप गरिएको हो । नेपालमा यसको असर देखिएको छैन । तर, विश्व एक ‘ग्लोबल भिलेज’ बनिरहँदा यो आउन सक्दैन भन्ने अवस्था छैन । त्यसैले संसारका जो कोही पनि कुनै न कुनै सरुवा रोगबाट सदाका लागि मुक्त छु भनेर विश्वास गर्ने र ढुक्क हुने ठाउँ छैन ।

जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनले विश्वमा हुने रोगबाट जो कोही पनि अछूतो हुन नसक्ने बताएका छन् । संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राका माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ डाक्टर पुनले सबैलाई सतर्क गराएका छन् । यो साँचो पनि हो ।

हालैका दिनमा मंकीपक्स अफ्रिका र युरोपेली देशहरूमा निकै देखापरिरहेको छ । छोटकरीमा एमपक्स भनिने यो रोग बढ्दै गइरहेको पनि छ । विगतमा स्वाइन फ्लु र कोभिडको प्रकोप पनि दक्षिण एसियाली क्षेत्रसम्म फैलँदै आयो । यो यसरी फैलिएको यातायात र यात्राका कारणले हो ।

अहिले कसैले पनि दूरी नापेर वा नांगा आँखाले हेरेर नदेखिने ठाउँबाट रोग आउँदैन भन्नु आफैंमा मूर्खता हुन्छ । कतै देखिएको प्रकोपलाई हामी त्यस देशभन्दा धेरै टाढा छौं भनेर ढुक्क हुने अवस्था छैन पनि ।

हालसम्मको अनुसन्धानमा मंकीपक्स कोभिडबराबरको खतरनाक छैन । तथापि, यसको प्रभाव र अतिक्रमण तीव्र र ज्यादतीयुक्त भने छ । यसलाई ठेउलाजस्तै छालामा देखिने संक्रामक रोगका रूपमा चिकित्सकले व्याख्या गर्ने गरिरहेका छन् । तर, बाँदरबाट सरेकाले यो मानिसका लागि खतरनाक पनि हुनसक्छ ।

इतिहास कोट्याउँदा सन् १९५८ मा बाँदरहरूमा देखिएका कारण मंकीपक्स नाम राखिएको यो रोग सुरुमा मानिसमा आक्रमण गर्दाका बखत सन् १९७० मा कंगोका एक जना ९ वर्षीय बालकमा भेटिएको थियो । पछि अरूमा पनि संक्रमण गर्दै गयो । त्यसपछि मात्र बाँदरबाट आएको यो रोग मानव शरीरमा पनि संक्रमण हुने कुरा थाहा भएको थियो ।

यसको संक्रमणपछि ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा देखापर्छ । हालसम्म यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । अहिले लामुखुट्टे नियन्त्रण हुन नसक्दा डेंगीको महामारी बढ्दै गएको देखिएकाले मंकीपक्स पनि कतै यसरी फैलने त होइन ? भन्ने आशंकाले घर गरिरहेको छ ।

नेपालमा विदेशी यात्रुको आवतजावत र विश्वभर नेपालीको आवतजावत र रोजगारी तथा पेसा व्यवसायका कारण नेपाल पनि मंकीपक्सबाट प्रभावित हुन पर्खिरहनुपर्नेछैन । बरू बेलैमा सावधानी जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान