मेरिल्यान्डमा नेपथ्यको छैटौं कन्सर्टमा झुमे दर्शक

काठमाडौं । बिगत ६ हप्तादेखि अमेरिकामा सांगीतिक प्रस्तुति दिईरहेको नेपाली लोकपप ब्यान्डले नेपाली समय अनुसार सोमबार दिउँसो मेरिल्यान्ड स्थित ‘दी हल एट लाइभ’को भुइँतला आफ्नो प्रस्तुति मार्फत त्यहाँका नेपालीहरुलाई नचाएको छ ।

सो प्रस्तुतिमा नेपालीसँगै अमेरिकी दर्शक पनि रमाएको नेपथ्यले जनाएको छ । स्थानीय समय अनुसार बेलुकी ठीक ८ बजेबाट सुरु भएको कन्सर्ट राती ११ बजेसम्म चलेको थियो । कोशीको पानी यो जिन्दगानी…गीत बोकेर मञ्चमा उत्रिएका व्यान्ड प्रमुख अमृत गुरुङले त्यसपछि भेँडाको ऊन जस्तो…, छेक्यो छेक्यो देउराली डाँडा..जस्ता गीतहरु सुनाए । नेपालीलाई नेपालको याद दिलाउन त्यहाँ कार्यक्रम गरेको बताउँदै उनले भावी पुस्तालाई सकेसम्म मातृभाषा पनि सिकाउन र त्यो सकिएन भने कम्तीमा नेपाली भाषा सिकाएर भए पनि तिनलाई उनीहरूको जरोसँग जोडिदिन नेपाली दर्शकलाई अनुरोध गरे ।

राष्ट्रिय झन्डा बोकेर नेपाली पोशाक तथा ढाकाटोपी अनि भादगाउँले टोपीमा सजिएर कार्यक्रममा उपस्थित भएका दर्शक देख्दा साह्रै खुसीलागेको उनले बताए । कार्यक्रममा सुरुदेखि अन्तिमसम्म दर्शकहरु निरन्तर नाचेको पनि अमृतले बताएका छन् ।

यसपछि कन्सर्टमा मुख्य गायक अमृतले नेपथ्यका करिब डेढ दर्जन गीतहरु प्रस्तुत गरे । उनले अन्त्यमा रातो र चन्द्रसूर्जे गीत गाउँदै कार्यक्रमको बिट मारे ।

यो कान्टर्समा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यसरी अमेरिकाको शृंखलाबद्ध यात्रामा बढीरहेको यो छैटौं प्रस्तुतिभएको अमृतले बताए । अब सातौँ तथा अन्तिम प्रस्तुतिका लागि नेपथ्य पेन्सिलभानियाको ह्यारिसबर्गतर्फ जाने पनि उनले जानकारी गराए । ब्यान्डका लागि मेरील्यान्डको प्रस्तुति पनि त्यत्तिकै सफल भएको उनको कथन छ । यो शहरमा आफुहरुको प्रस्तुति पहिलो अनुभव बनेको उनले बताए । नेपथ्यको अबको प्रस्तुति यही ७ सेप्टेम्बरमा ह्यारिसबर्गको ‘दी फोरम अडिटोरियम’मा हुने पनि उनले जानकारी गराए । अमृतका अनुसार अबको सातौँ कन्सर्टसँगै नेपाथ्यको यसपटकको डेढ महिना लामो अमेरिका यात्राले विश्राम लिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान